• २०८१ बैशाख ८ शनिबार

हृदयघातका कारण किरियापुत्रीको निधन

kharibot

गोरखा । गोरखा नगरपालिका–६ दरबारमार्गमा पिता सूर्यनाथ अर्यालको किरिया बसेका छोरा ईश्वरप्रसाद अर्यालका निधन भएको छ । 

साठी वर्षीय अर्यालको हृदयघातका कारण आज अपराह्न निधन भएको हो । किरियाको कामकाजका लागि धारामा पुगेर घर फर्किने क्रममा लडेका अर्याललाई उपचारका लागि तीनधारेस्थित एपोलो अस्पताल लगिएको थियो । डाक्टर सन्तोष मास्केका अनुसार हृदयघातका कारण अर्यालको निधन भएको हो । 

अर्यालका आफन्त किरणबाबु अर्यालका अनुसार लडेर अचेत भएका ईश्वरको निधन भएको हो । अर्यालका श्रीमती, दुई छोरा र तीन छोरी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै