• २०८१ बैशाख ७ शुक्रबार

गैँडाको केटो बचाउनै मुस्किल

kharibot

फाइल फोटो ।

रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएका गैँडाको केटो बच्चा लाई बचाउनै मुस्किल हुने गरेको छ । गत भदौदेखि लगातार चार वटा गैँडाका केटो मरेको निकुञ्जले जनाएको छ । 

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा रहेको मयूरे गत साउन २८ गते आएको बाढीमा परेर मर्यो । 

यसैगरी पश्चिम चितवनको मेघौलीबाट गएको भदौ २२ गते उद्धार गरिएको अर्को गैँडाको बच्चा केटोको पनि उपचार सफल हुन नसकी कात्तिक १४ मा मृत्यु भयो । बाघको आक्रमणमा परी गम्भीर घाइते अवस्थामा ल्याइएको अन्दाजी दुई वर्षको गैँडाको बच्चा केटो उपचारकै क्रममा मरेको छ । 

सौराहा नजिकै ढुंग्रे खोलामा बाघको आक्रमणबाट घाइते अवस्थामा भेटिएको अर्को केटो पनि सौराहामा उपचारकै क्रममा केही हप्ताअघि मरेको थियो । 

चितवनको जनकौली वनमा पनि घाइते अवस्थामा एउटा केटो फेला परेको थियो । फिल्डमै गएर उपचार शुरु गरिए पनि बचाउन नसकिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले भने । 

बाढीपछि उद्धार गरिएका छवटा केटामध्ये अहिले दुईवटा सौराहामा रहेको छ । एउटा खुला संरक्षणमा छ भने अर्को खोरमा राखिएको छ । 

अहिले तन्दुरुस्त देखिएको गैँडा पनि कतिबेला के हुने भन्नै नसकिने निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालको भनाइ छ । अहिले सौराहामा वन्यजन्तु अस्पताल बन्ने क्रममा भएकाले अब केही राहत हुने वरिष्ठ पशु चिकित्सक डा कमल गैरे बताउन्छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै