• २०८१ बैशाख ८ शनिबार

उपेन्द्र यादवले छुट्टै भेटे स्वराजलाई

kharibot

काठमाडौँ / संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतीय बाह्य मामिलामन्त्री सुष्मा स्वराजसँगको भेटमा एक अर्काका चासोका विषयमा छलफल भएको बताएका छन् । 

नेपाल भ्रमणमा रहेकी भारतीय बाह्य मामिलामन्त्री स्वराजसँग आज भेटपछि अध्यक्ष यादवले भने, “एक अर्काको हालखबर बुझ्ने काम भयो ।” 

बिहीबार साँझ काठमाडौं आइपुगेकी विदेशमन्त्री स्वराजले यसअघि एमाले अध्यक्ष केपी ओलीसहितका नेताहरु, मधेशवादी दल राजपाका नेताहरु र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरिसकेकी छिन् ।

सरकारको निमन्त्रणाविनै नेपाल आएकी स्वराज आजै आफ्नो देश फर्किनेछिन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै