काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई सोल्टी होटलमा भेटवार्ता गरेका छन् ।
करिब एक घण्टा भएको भेटवार्तामा स्वराजले अब नेपालको प्रक्रिया कसरी अघि जाला भनेर जिज्ञासा राखेको प्रचण्डले जानकारी दिएका छन् । भेटपछि संचारकर्मीहरुसँग कुरागर्दै प्रचन्डले भने - ‘यसलाई मैले सद्भाव भ्रमणको रूपमा बुझे। नेपालको चुनावपछि सरकार गठनको बारेमा सकारात्मक कुरा भए, उहाँले हामीलाई बधाई र शुभकामना दिनुभयो,’ ।
प्रचण्ड पार्टीको तर्फबाट स्वराजलाई भेट्न एक्लै उनि बसेको होटल सोल्टीमा गएका थिए ।
यसअघि भ्रमणको पहिलो दिन स्वराजले एमाले नेताहरूसँग सामुहिक रात्रीभोज गरेकी थिइन् । रात्रीभोजपछि मधेसवादी दलका नेतालाई सामुहिक रूपमा भेटेकी थिइन् ।
एमाले नेताहरुसँगको सामुहिक भेट र छलफलअघि अध्यक्ष ओलीले पनि स्वराजसँग ४५ मिनेट वान टु वान वार्ता गरेका थिए ।
स्वराजले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्दैछन् । स्वराज आफ्नो दुइदिने भ्रमण सकेर आजै भारत फर्कने कार्यक्रम छ ।