प्रचण्ड-स्वराज भेटवार्ता : स्वराजको प्रचण्डसँग जिज्ञासा-अब के हुन्छ ?( भिडियो सहित)

खरीबोट
ad

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई सोल्टी होटलमा भेटवार्ता गरेका छन् । 

करिब एक घण्टा भएको भेटवार्तामा स्वराजले अब नेपालको प्रक्रिया कसरी अघि जाला भनेर जिज्ञासा राखेको प्रचण्डले जानकारी दिएका छन् । भेटपछि संचारकर्मीहरुसँग कुरागर्दै प्रचन्डले भने - ‘यसलाई मैले सद्भाव भ्रमणको रूपमा बुझे‌। नेपालको चुनावपछि सरकार गठनको बारेमा सकारात्मक कुरा भए, उहाँले हामीलाई बधाई र शुभकामना दिनुभयो,’ ।

प्रचण्ड पार्टीको तर्फबाट स्वराजलाई भेट्न एक्लै उनि बसेको होटल सोल्टीमा गएका थिए ।

यसअघि भ्रमणको पहिलो दिन स्वराजले एमाले नेताहरूसँग सामुहिक रात्रीभोज गरेकी थिइन् । रात्रीभोजपछि मधेसवादी दलका नेतालाई सामुहिक रूपमा भेटेकी थिइन् ।  

एमाले नेताहरुसँगको सामुहिक भेट र छलफलअघि अध्यक्ष ओलीले पनि स्वराजसँग ४५ मिनेट वान टु वान वार्ता गरेका थिए ।

स्वराजले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्दैछन् । स्वराज आफ्नो दुइदिने भ्रमण सकेर आजै भारत फर्कने कार्यक्रम छ ।


 

सम्बन्धित समाचार

स्वराजको काठमाडौँ भ्रमण : ओलीको रात्रिभोजदेखि देउवाको दिवाभोजसम्म 

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार नेपालमा चुनावपछि नयाँ सरकार गठन हुनै लाग्दा विशेष दूतका रुपमा आफ्नो क्याबिनेटका विदेशमन्त्री सुष्मा स्वराजलाई दुई दिने नेपाल भ्रमणमा पठाए । खास गरी

स्वराजको नेपाल भ्रमणप्रति नारायणकाजी श्रेष्ठको असन्तुष्टि 

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणप्रति असन्तुष्टि जनाएका छन् । स्वराजको भ्रमण राजनीतिक र कुटनीतिक रुपमा पनि सामान्य अभ्यास अनुसार नभएको भन्दै श्रेष्ठले सामाजिक

स्वराजको काठमाडौँ यात्रा : कोर्स करेक्सन भारतको कि ओलीको ?

काठमाडौं । नयाँ सरकार नबन्दै भारतीय विदेशमन्त्री सुष्म स्वराजले वेटिंग प्रधानमन्त्रीको रुपमा रहेका ओलीसँग वान टु वान भेटवार्ता गरेकी छन् । स्वराजले काठमाडौँ ओर्लिएपछि सबैबह्न्दा पहिला ओलीलाई भेट गरेकी हुन्

भारतीय विदेशमन्त्री स्वराज काठमाडौंमा आइपुगिन्

काठमाडौँ । भारतका बाह्य मामिलामन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणका क्रममा केही बेरअघि विशेष विमानबाट यहाँ आइपुगेकी हुन् ।  उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विशिष्ट कक्षमा अर्थराज्यमन्त्री उदयशम्शेर राणा, परराष्ट्र मन्त्रालयका सचिव

Loading...

Loading...