• २०८१ बैशाख १२ बुधबार

स्वराजको नेपाल भ्रमणप्रति नारायणकाजी श्रेष्ठको असन्तुष्टि 

kharibot

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणप्रति असन्तुष्टि जनाएका छन् ।

स्वराजको भ्रमण राजनीतिक र कुटनीतिक रुपमा पनि सामान्य अभ्यास अनुसार नभएको भन्दै श्रेष्ठले सामाजिक सञ्जाल मार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।

पुर्व परराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले विदेशमन्त्री स्वराजको यो भ्रमणको समय उपयुक्त नभएको बताउदै हामीले हाम्रो राष्ट्रिय हितलाई ध्यान दिनुपर्ने उल्लेख गरेका छन् । 

बाम गठबन्धनका प्रमुख सुत्रधार मध्यका एक श्रेष्ठले यसो भनिरहँदा माओवादी कै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वराजसँग भेट गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै