• २०८१ बैशाख ७ शुक्रबार

नेपाली फुटबल प्रेमीलाई खुशीको खबर: ‘ए’ डिभिजन लिग फुटबल मंसिरमा हुने

kharibot

फाइल तस्विर

काठमाडौँ । लामो समयदेखि आयोजना हुन नसकेको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी मंसिर १४ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको छ । 

अखिल नेपाल फुटबल संघको आज बसेको कार्यसमितिको बैठकले चार वर्षसम्म गर्न नसकेको उक्त प्रतियोगिता मंसिरमा गर्ने निर्णय गरेको हो । प्रतियोगिता पछिल्लोपटक विसं २०७० मा भएको थियो । 

बैठकले एसियन क्लब च्याम्पियनसिपको प्लेअफ गुमाएको थ्रीस्टार क्लबलाई क्षतिपूर्तिसमेत दिने निर्णय गरेको छ । क्षतिपूर्तिको विषयमा थप अध्ययन गर्नका लागि वरिष्ठ उपाध्यक्ष मणि कुँवरको संयोजकत्वमा तीन सदस्यीय कमिटीसमेत गठन गरिएको छ । 

कार्यसमितिका सदस्यमा गणेशबहादुर चन्द र दिनेश ब्यञ्जन्कार रहेका छन् । उक्त समितिलाई १० दिनको समय दिइएको छ । 

त्यस्तै, एन्फाले विधान संसोधनका लागि असोज २३ मा विशेष साधारणसभा गर्ने र पुस २३ गते नयाँ नेतृत्व चयनका लागि चुनाव गर्ने प्रस्ताव पनि एएफसीसामु पठाउने निर्णय गरेको छ । 

बैठकमा एशियाली फुटबल महासंघ (एएफसी)को विकास कार्यक्रमअन्तर्गत काठमाडौं, मकवानपुर तथा नवलपरासीमा एक एक फुटबल मैदान बनाउने निर्णयसमेत गरेको एन्फाले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै