• २०८१ बैशाख १२ बुधबार

एकदिवसीय सिरिजमा भारतको विजयी सुरुवात, कोहलीले हाने सतक 

kharibot

काठमाडौँ । दक्षिण अफ्रिकासँग टेस्ट सिरिज गुमाएको भारतले एकदिवसीय क्रिकेट सिरिजमा विजयी सुरुवात गरेको छ ।

सिरिजको पहिलो खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको छ । भारतीको जितमा कप्तान विराट कोहलीले सतक प्रहार गरेका छन् । कोहलीले एकदिवसीय क्रिकेटमा आफ्नो ३३औ सतक पुरागरेका छन् । कोहलीले टेस्टमा २१ सतक सहित अहिलेसम्म ५४ अन्तर्राष्ट्रिय सतक हानेका छन् ।

दक्षिण अफ्रिकाले दिएको २६९ रनको लक्ष्यलाई भारतले ४५.५ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो । 

भारतलाई जिताउन कप्तान विराट कोहलीले ११२ रन बनाए भने अजिख्य रहानेले ७९ रन बनाएका थिए । दक्षिण अफ्रिकाको डर्बानमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले ८ विकेट गुमाएर २ सय ६९ रन बनाएको थियो । 

टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले फाफ डु प्लेसिसको १२० रनको मद्धतले २६९ रन बनाएको थियो । 

भारतले दक्षिण अफ्रिक्संग ६ एकदिवसीय र तीन टि-२० खेल खेल्दै छ । दोस्रो एकदिवसीय खेल आगामी आइतबार हुदै छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै