• २०८१ बैशाख ८ शनिबार

'ए जेन्टलम्यान' मा सिद्धार्थ र ज्याकलिनको ‘किस’ को चर्चा 

kharibot

बलिवुडमा अलगै पहिचान बनाएका सिद्धार्थ मलहोत्रा आफ्नो आउने फिल्म जेन्टलम्यानको एक गीतमा अभिनेत्री ज्याक्लिन फर्नान्डिससँगको 'किस' सिनका कारण चर्चामा आएका छन् ।

बुधबार नै रिलिज गरिएको फिल्मको गीतमा ज्याक्लिन र सिद्धार्थको ‘किस’ सिन अहिले बलिवुडमा चर्चाको विषय बनेको छ ।  भारतीय मिडियाहरुले सिद्धार्थकी प्रेमिका आलिया भट्टलाई सो किस सिनको बारेमा ट्रोल गरिरहेका छन् । 

‘बन्दुक मेरी लैला’ नामको सो गीतलाई दर्शकले पनि रुचाएका छन् ।  बलिवुडमा एन्ग्री योंग म्यानको छबी बनाएका सिद्धार्थलाई एक्सन भूमिका यस फिल्ममा देख्न सकिन्छ ।  फिल्म आगामी अगस्त २५ मा रिलिज हुदै छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै