काठमाडौं । एशियन क्रिकेट काउन्सिलले आयोजना गर्ने एशिया कपको लागि नेपालले छनोट खेल खेल्ने भएको छ ।
छनौट प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहने छ । ६ देशलाई दुईवटा समूहमा विभाजन गरेर खेल खेलाइने सो प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । नेपाल रहेको समुहमा हङकङ र मलेसिया रहेका छन् ।
समुह ‘बी’मा सिंगापुर युएई र ओमान रहेका छन् । ६ टिमको सहभागिता हुने एशिया कपमा पाँचवटा टेष्ट राष्ट्रले सहभागिता जनाउनेछन् । टेष्ट राष्ट्रहरु भारत, पाकिस्तान, अफगानिस्तान, बङ्लादेश र श्रीलंकाले सोझै प्रतियोगिता खेल्न पाउनेछन् ।
बाँकी एक टिमको टुंगो छनोट खेलबाट लाग्नेछ । एशोसियट देशबीच हुने छनोट खेलमा शीर्ष स्थानमा रहने टोलीले एशिया कप खेल्न पाउनेछ । प्रतियोगिता सेप्टेम्बर १५ देखि ३० तारिखसम्म हुने एशियन क्रिकेट काउन्सिलले जनाएको छ ।