कोपा डेल रे सेमिफाइनल : स्वरेजको गोलमा बार्सिलोनाको झिनो अग्रता 

खरीबोट

काठमाडौँ । कोपा डेल रे को सेमिफाइनलको पहिलो लिगमा बार्सिलोना विजयी भएको छ । 

गएराती भएको खेलमा बार्सिलोनाले लुइस स्वरेजको एकमात्र गोलको मद्धतले भ्यालेन्सियालाई पराजित गरेको छ ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा स्वरेजले खेलको ६७औ मिनेटमा खेलको एक मात्र गोल गरेका थिए । स्वरेज गोलसँगै बार्सिलोनाले सेमिफाइनलको पहिलो लिगमा झिनो अग्रता कायम गरेको छ ।

लुइस स्वरेजले भ्यालेन्सियाविरुद्ध पछिल्लो ९ खेलमा ९ गोल गरेका छन् ।

यी दुई टिमबीचको सेमिफाइनलको दोस्रो लिग फेब्रुअरी ९ मा भ्यालेन्सियाको घरेलु मैदानमा हुने छ ।

त्यस्तै यसअघि भएको सेमिफाइनल खेलमा लेगानेज र सेभिल्ला १-१ गोलको बराबरीमा रोकिएका छन् । दुवैबीच दोस्रो लिग फेब्रुअरी ८ मा हुदै छ । 

सम्बन्धित समाचार

बार्सिलोना लगातर पाचौ पटक कोपाको फाइनलमा, कोन्टिन्होले गरे डेभ्यु गोल

काठमाडौँ । बार्सिलोना कोपा डेल रेको फाइनलमा पुगेको छ । गएराती भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई २-० ले पराजित गर्दै समग्रमा ३-० को जित निकाल्दै कोपाको फाइनलमा पुगेको हो । योसँगै बार्सिलोना लगातार

सेभिल्ला कोपा डेल रेको फाइनलमा

काठमाडौँ । सेभिल्ला स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ ।  गएराती भएको दोस्रो सेमिफाइनलमा लेगानेजलाई २-० ले पराजित गर्दै समग्रमा ३-१ को नतिजा सहित प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो

कोपा डेल रे सेमिफाइनल : स्वरेजको गोलमा बार्सिलोनाको झिनो अग्रता 

काठमाडौँ । कोपा डेल रे को सेमिफाइनलको पहिलो लिगमा बार्सिलोना विजयी भएको छ ।  गएराती भएको खेलमा बार्सिलोनाले लुइस स्वरेजको एकमात्र गोलको मद्धतले भ्यालेन्सियालाई पराजित गरेको छ । बार्सिलोनाको घरेलु मैदानमा भएको

कोपा डेल रे सेमिफाइनलको ड्र सार्वजनिक, बार्सिलोना भ्यालेन्सियासँग खेल्ने 

काठमाडौँ । कोपा डेल रे प्रतियोगिताको सेमिफाइनलको ड्र सार्वजनिक भएको छ ।  शुक्रबार सार्वजनिक ड्र अनुसार सेमिफाइनलमा बार्सिलोना भ्यालेन्सियासँग खेल्ने भएको छ भने लेगानेजले सेभिल्लासँग खेल्ने भएको छ ।  बार्सिलोनाले स्पेनियोललाई पराजित गर्दै