जेलमा थुनुवाको बसाइँ र त्यहाँको वातावरणमा ध्यान दिनुपर्छ – राष्ट्रपति भण्डारी

खरीबोट
ad

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेलमा थुनुवाको बसाइँ र त्यहाँको वातावरणका विषयमा ध्यान दिनुपर्ने बताए । 

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित समारोहमा उनले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७३÷०७४ प्रतिवेदन बुझ्दै थुनुवाको खानेकुरा सिधा वृद्धि गर्नुपर्ने बताए । 

राष्ट्रपति भण्डारीले सरकारी वकिलको क्षमता वृद्धि गर्न तालीम र सुविधा वृद्धि गर्नुपर्नेमा जोड दिदैं महान्यायाधिवक्ता कार्यालयबाट भएका काम कारवाहीको प्रशंसा पनि गरे । 

संविधान र संघीय कानूनबमोजिम महान्यायाधिवक्ता कार्यालयबाट सम्पादन भए गरेका कामको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुरुप महान्यायाधिक्ता वसन्तराम भण्डारीले राष्ट्रपतिसमक्ष कार्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । 

सो अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापा, मुख्य सचिव लोकदर्शन रेग्मी, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, नायब महान्यायाधिवक्ता, सहन्यायाधिवक्ता लगायतको उपस्थिति थियो । 

महान्यायाधिवक्ता कार्यालयले चालु आवमा सरकार वादी भई चलाइएका मुद्दा २४ हजार ८८१ रहेका छन् । मुद्दा नचलाउने निर्णय गरेको १३१ मुद्दा र अपराधसम्बन्धी सरकारी मुद्दा ३१ हजार ४६२ रहेको छ । 

नेपाल सरकार वादी वा प्रतिवादी भई दायर भएका मुद्दा मामिलामा सरकारी वकिल कार्यालयबाट प्रतिरक्षा गरिएको मुद्दाको लगत ६० हजार ९१८ छ ।

सम्बन्धित समाचार

राष्ट्रपति भण्डारी गणतन्त्र दिवस समारोहमा

काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भइन । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्नुका साथै

सबै प्रकारको आमसञ्चारमा नेपालीको पहुँच पुर्याउने

काठमाडौँ । सरकारले सबै प्रकारका आमसञ्चारका माध्यममा नेपालीको पहुँच पुर्याउने भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आमसञ्चार माध्यमलाई

न्याय सम्पादन छरितो र निष्पक्ष बनाइने

काठमाडौँ । सरकारले न्यायप्रणालीलाई स्वतन्त्र, सक्षम, पारदर्शी, छिटोछरितो र निष्पक्ष बनाई न्यायमा जनताको पहुँच वृद्धि गर्ने भएको छ ।  संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आज

निर्वाहमुखी कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न जोड

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सिँचाइसम्बन्धी आठौँ एशियाली क्षेत्रीय सम्मेलनको उद्घाटन गरीन् । तीनदिने सो सम्मेलनमा नेपालसहित यस क्षेत्रका ३० भन्दा बढी देशका ३०० प्रतिनिधिको सहभागिता रहेको छ । नेपालमा पहिलोपटक