• २०८१ बैशाख १३ बिहीबार

चिनियाँ राजदुतद्वारा बाढीपीडित दलित परिवारलाई राहत वितरण

kharibot

फाइल तस्बिर

बर्दिवास । नेपालका लागि चिनियाँ राजदूत यु होङले आज महोत्तरी लोहारपट्टी नगरपालिका–५ डोठारा बस्तीका २९० बाढीपीडित दलित परिवारलाई राहत वितरण गरे । 

गत वर्ष बाढीले आहत भएका सो बस्तीका मुसहर, दुसाध, डोम र चमारसहित २९० दलित परिवारलाई उहाँले राहत वितरण गरे । 

वितरण गरिएको सो राहत प्याकेजमा चुलो, खानेपानी फिल्टर, बाल्टिन, साबुन, डोरी, झुल, ओढ्ने कम्बल, ओछ्याउने म्याट र तौलियासहितका सामान छन् । गत वर्ष बाढीले बस्ती डुबानमा पर्दा त्यहाँका दलित बिचल्लीमा परेका थिए । 

राजदूत होङको सहयोगले विपन्न दलित बस्तीमा केही राहत भएको छ । ढिलै भए पनि अभावमा बाँचिरहेका आपूmहरुलाई चिनियाँ राजदूतले सम्झेको भन्दै त्यहाँका दलितले खुशी व्यक्त गरेका छन् । 

लोहारपट्टी नपाका प्रमुख शैलेन्द्र यादवले चिनियाँ राजदूतको सहयोगप्रति आभार व्यक्त गरे । 

बुधबार जनकपुर आइपुग्नुभएकी राजदूत होङले धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका १३० बाढीपीडित परिवारलाई हिजै राहत वितरण गरीन् । 

राजदूत होङले जनकपुर उपमहानगरपालिका र अन्य भेगकासहित तीन हजार ४०० बाढीपीडित परिवारलाई राहत वितरण गरिने कार्यक्रम रहेको जनाएको छ । राहत वितरण कार्यक्रममा राष्ट्र संघीय विकास कार्यक्रम ९युएनडिपी०का देशीय निर्देशक रेनोड मेयर पनि सहभागी भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै