• २०८१ बैशाख १३ बिहीबार

जनप्रतिनिधिका काममा निगरानी राख्न मातहतका कर्मचारीलाई निर्देशन

kharibot

फाइल तस्बिर

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले भष्ट्राचार नियन्त्रण गर्नमा आयोगको एक्लो भूमिकाले मात्र सम्भव हुन नसक्ने बताएका छन् । 

आयोग बुटवल कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले स्थानीय तहमा हुने विकास निर्माणमा जनप्रतिनिधिबाट कमजोरी हुन सक्ने जनाउँदै जनप्रतिनिधिका काममा निगरानी राख्न मातहतका कर्मचारीलाई पनि निर्देशन दिए ।

प्रदेश सरकार गठन भइरहँदा स्थानीय तहमा हुने विकास आयोजनामा अनियमितता हुन सक्ने बताउँदै उनले यसमा पनि कर्मचारीलाई चनाखो बन्न निर्देशन दिए । उनले संघीय संरचनानुरुप आयोगका प्रादेशिक कार्यालय पनि छिट्टै स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए । 

कार्यक्रममा प्रदेश नं ५ का प्रमुख सचिवशंकर पाठकले भ्रष्टाचारमुक्त प्रशासन बनाउन आफ्नो महत्वपूर्ण भूमिका हुने बताए । भवन रु पाँच करोड ८८ लाख लागतमा निर्माण भएको आयोग पोखरा कार्यालयका प्रमुख यदुप्रसाद पन्थीले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै