भारतीय विदेशमन्त्री स्वराज काठमाडौंमा आइपुगिन्

खरीबोट

तस्बिर सौजन्य : भारतीय दूतावास

ad

काठमाडौँ । भारतका बाह्य मामिलामन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणका क्रममा केही बेरअघि विशेष विमानबाट यहाँ आइपुगेकी हुन् । 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विशिष्ट कक्षमा अर्थराज्यमन्त्री उदयशम्शेर राणा, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले स्वागत गरेका थिए । 

भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उनले आपसी हितका विविध विषयमा प्रमुख राजनीतिक दलका नेतासँग विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

स्वराजको काठमाडौँ भ्रमण : ओलीको रात्रिभोजदेखि देउवाको दिवाभोजसम्म 

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार नेपालमा चुनावपछि नयाँ सरकार गठन हुनै लाग्दा विशेष दूतका रुपमा आफ्नो क्याबिनेटका विदेशमन्त्री सुष्मा स्वराजलाई दुई दिने नेपाल भ्रमणमा पठाए । खास गरी

प्रचण्ड-स्वराज भेटवार्ता : स्वराजको प्रचण्डसँग जिज्ञासा-अब के हुन्छ ?( भिडियो सहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई सोल्टी होटलमा भेटवार्ता गरेका छन् ।  करिब एक घण्टा भएको भेटवार्तामा स्वराजले अब नेपालको प्रक्रिया कसरी अघि जाला

स्वराजको नेपाल भ्रमणप्रति नारायणकाजी श्रेष्ठको असन्तुष्टि 

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणप्रति असन्तुष्टि जनाएका छन् । स्वराजको भ्रमण राजनीतिक र कुटनीतिक रुपमा पनि सामान्य अभ्यास अनुसार नभएको भन्दै श्रेष्ठले सामाजिक

स्वराजको काठमाडौँ यात्रा : कोर्स करेक्सन भारतको कि ओलीको ?

काठमाडौं । नयाँ सरकार नबन्दै भारतीय विदेशमन्त्री सुष्म स्वराजले वेटिंग प्रधानमन्त्रीको रुपमा रहेका ओलीसँग वान टु वान भेटवार्ता गरेकी छन् । स्वराजले काठमाडौँ ओर्लिएपछि सबैबह्न्दा पहिला ओलीलाई भेट गरेकी हुन्

Loading...

Loading...