• २०८१ बैशाख ७ शुक्रबार

सेयरबजारमा उत्साह, जलविद्युत्बाहेक सबै समूहले कमाए 

kharibot

काठमाडौं । नेप्सेमा आज पनि वृद्धि देखिएको छ । नेप्से सात दशमलव तीन अंकले बढेर १४ सय ११ दशमलव ५२ विन्दुमा पुुग्दा सेन्सिटिभ आज एक दशमलव पाँच अंकले बढेर दुुई सय ९८ दशमलव १२ विन्दुमा पुुगेको छ ।

आज कुुल एक सय ५७ कम्पनीहरुको चार हजार एक सय ५६ वटा कारोवारमा ११ लाख ५६ हजार तीन सय ६० कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमामाण सेयर खरिद बिक्री हुुंदा कारोवार रकम ४१ करोड ७० लाख ९८ हजार  छ सय ४३ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज सबैगरी कुुल १० वटा समूहको कारोवार भएकोमा जलविद्युत् समूहको सूचक एक दशमलव ४९ अंकले घटेर १८ सय ३२ दशमलव २७ कायम रहेको छ भने बाँकी समूहको कारोवार सूचक बढेको छ । उच्च विन्दुले सुधार आएको बीमा समूहको सूचक १६ दशमलव चार अंकले बढेर सात हजार दुुई सय २७ दशमलव ५४ विन्दुमा चढ्दा चार करोड ६२ लाख ८२ हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

वाणिज्य बैंक समूहको सूचक पनि छ दशमलव तीन अंकले बढेर १२ सय २७ दशमलव आ्ठ विन्दुमा चढ्दा २३ करोड ९३ लाख ५१ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी विकास बैंक समूहको सूचक पनि आज आठ दशमलव ३२ अंकले बढेर १५ सय ८४ दशमलव आठ विन्दुमा चढेकोमा एक करोड ३९ लाख ४३ हजार एक सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसबाहेक होटल, फाईनान्स, उत्पादनमुुलक, ट्रेडिङ, अन्य र लघुवित्त समूहको सूचक पनि बढेका छन् । 

आज गुुमाउने कम्पनीको सूचीमा परेको प्रोग्रेसिभ फाईनान्सको सेयर मुल्य नौ रुपैयाँ ४५ पैसाले बढेर दुुई सय २० रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ भने गुुमाउने कम्पनीको सूचीमा परेको युुनाईटेड फाईनान्सको सेयर मुल्य दुुई  रुपैयाँ २७ पैसाले घटेर दुुई सय १५ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको नेपाल बैंकको तीन सय ६५ रुपैयाँ अन्तिम मुल्यमा चार करोड २७ लाख ८० हजार तीन सय ५० रुपैयाँको सेयर कारोवार भएको छ ।

यसैगरी लक्ष्मी बैंकको पनि आज  प्रतिकित्ता दुुई सय ७९ रुपैयाँ अन्तिम मुल्यमा तीन करोड ३४ लाख २२ हजार ७० रुपैयाँको सेयर कारोवार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै