• २०८१ बैशाख ७ शुक्रबार

छिटफुट वर्षा र हिमपातको सम्भावना

kharibot

फाइल फोटो ।

काठमाडौँ । उत्तर पश्चिम वायुको प्रभावका कारण आज पनि देशका विभिन्न भागमा बाक्लो तुवाँलो लागेको छ । 

उक्त वायुको प्रभावसँगै केही जलवास्पयुक्त हावाको समिश्रणले धुलोका कण तैरिएका कारण तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राजधानी काठमाडौँसहित देशका मध्य र पश्चिमी पहाडी क्षेत्रमा बढी तुँवालो लागेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार बुधबारदेखि शुरु भएको यो प्रणाली अझै केही दिन जारी रहनेछ । तुवाँलोका कारण भिजिबिलिटी कम हुने हुँदा हवाई उड्डयनमा समस्या आउनाका साथै घाम कमजोर लाग्ने छ । 
यसैबीच देशको सुदूरपश्चिम भेगका कतिपय स्थानमा छिटफुट वर्षा र हिमपातको सम्भावना रहेको छ ।

उक्त क्षेत्रमा पश्चिमी वायुको सानो प्रभाव देखिएकाले एक÷दुई दिनभित्र बदलीसँगै हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र छिटफुट वर्षात्को सम्भावना रहेको मौसमविद् श्रेष्ठको भनाइ छ । 
बुधबार मौसम बदली भएका कारण आज काठमाडौँको न्यूनतम तापक्रम बढेर ६।५ डिग्री सेल्सियस पुगेको छ । तुवाँलोले घाम कमजोर लागे पनि तुलनात्मक रुपमा केही तातो महसुस गरिएको छ ।

यही १४ गते आइतबार न्यूनतम तापक्रम घटेर २.३ डिग्री सेल्सियस पुगेको थियो । यसअघि गत पुस २३ गते यस वर्षकै बढी चिसो न्यूनतम तापक्रम ० डिग्रीमा झरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै