छिटफुट वर्षा र हिमपातको सम्भावना

खरीबोट

फाइल फोटो ।

काठमाडौँ । उत्तर पश्चिम वायुको प्रभावका कारण आज पनि देशका विभिन्न भागमा बाक्लो तुवाँलो लागेको छ । 

उक्त वायुको प्रभावसँगै केही जलवास्पयुक्त हावाको समिश्रणले धुलोका कण तैरिएका कारण तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राजधानी काठमाडौँसहित देशका मध्य र पश्चिमी पहाडी क्षेत्रमा बढी तुँवालो लागेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार बुधबारदेखि शुरु भएको यो प्रणाली अझै केही दिन जारी रहनेछ । तुवाँलोका कारण भिजिबिलिटी कम हुने हुँदा हवाई उड्डयनमा समस्या आउनाका साथै घाम कमजोर लाग्ने छ । 
यसैबीच देशको सुदूरपश्चिम भेगका कतिपय स्थानमा छिटफुट वर्षा र हिमपातको सम्भावना रहेको छ ।

उक्त क्षेत्रमा पश्चिमी वायुको सानो प्रभाव देखिएकाले एक÷दुई दिनभित्र बदलीसँगै हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र छिटफुट वर्षात्को सम्भावना रहेको मौसमविद् श्रेष्ठको भनाइ छ । 
बुधबार मौसम बदली भएका कारण आज काठमाडौँको न्यूनतम तापक्रम बढेर ६।५ डिग्री सेल्सियस पुगेको छ । तुवाँलोले घाम कमजोर लागे पनि तुलनात्मक रुपमा केही तातो महसुस गरिएको छ ।

यही १४ गते आइतबार न्यूनतम तापक्रम घटेर २.३ डिग्री सेल्सियस पुगेको थियो । यसअघि गत पुस २३ गते यस वर्षकै बढी चिसो न्यूनतम तापक्रम ० डिग्रीमा झरेको थियो । 

सम्बन्धित समाचार

बदलिँदो मौसममा सावधानी अपनाउनुहोस्, शरीरलाई तन्दरुस्त राख्नुहोस् !  

स्वास्थ्य । मौसम बदलिएसँगै हावामा प्रदूषणको समस्या पनि बढिरहेको छ । कहिले गर्मी त कहिले सर्दीको मौसम परिवर्तनको कारण मानिसहरु बिरामी परिरहेका छन् । मौसममा आफ्नो ध्यान राख्ने गर्नुपर्दछ ।  पटक

वर्षाले किसानलाई राहत, उच्च क्षेत्रमा हिमपात

तेह्रथुम । आज अपराह्न परेको वर्षाले जिल्लाका किसानलाई राहत मिलेको छ । पाँच महिनादेखि वर्षा नहुँदा हिउँदे बाली लगाउन नपाएका किसान हर्षित बनेका छन् । लामो समयसम्म वर्षा नहुँदा किसानको

पश्चिमी वायुले देशैभर मौसममा बदली

काठमाडौँ / पश्चिमी वायुको प्रभावका कारण आज काठमाडौँसहित देशैभर मौसम बदली तथा अधिकांश स्थानमा वर्षा भएको छ ।  उक्त वायुको प्रभावले देशैभर बदली हुनाका साथै पूर्व र पश्चिमी भेगमा हल्का वर्षात्

मुगुमा हिमपात: कृषक खुशी, व्यापारी चिन्तित

मुगु । आइतबार रातिबाट जिल्लाका उच्च हिमाली बस्ती र सोमबार बिहानदेखि जिल्ला सदरमुकाममा हिमपात हुन थालेपछि यहाँका कृषक खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् । समयानुसार मंसिर मध्यतिरबाट हिमपात