कृषि कर्जा सम्वन्धी कार्यविधि संसोधन, अनुदानको लागि कृषि तथा पशुपंक्षी व्यवसाय ग्रामिण क्षेत्रमा सञ्चालित हुनुपर्ने 

खरीबोट
ad

काठमाडौ ।  सरकारले तोकेको अनुदान प्राप्त गर्नको लागि कृषि तथा पशुपंक्षी व्यवसाय ग्रामिण क्षेत्रमा नै सञ्चालन भएको हुनुपर्ने छ । नेपाल राष्ट्र बैैकले कृषि कर्जा सम्वन्धी कार्यबिधी संसोधन गर्दे उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन बैक तथा फाईनान्स कम्पनीहरुलाई निर्देशन दिएको हो । 

बैक तथा बित्तीय संस्थाको नाउँमा परिपत्र जारी गर्दे राष्ट्र बैकले व्यवसायीक कृषि तथा पशुपंक्षी कर्जामा प्रदान गरिने अनुदान सम्वन्धी कार्यबिधी २०७३ को दफा ३ को  उपदफा ३ लाई संसोधन गरेको जनाएको छ । संसोधित व्यवस्था अनुसार व्यवसायीक कृषि तथा पशुपंक्षी सम्वन्धी व्यवसाय ग्रामिण क्षेत्रमा नै स्थापन भई सञ्चालित भएको हुनुपर्ने छ भने यस्तो कर्जामा बैंक तथा फाईनान्स कम्पनीहरुले ऋणीबाट आधार दर बमोजिम बैंक तथा बित्तीय संस्थाबाट निर्धारण हुने व्याजदरमा कर्जा प्रवाह गर्न सक्नेछन । 

यस्तो कर्जामा सरकारले पाँच प्रतिसत बिन्दुु व्याज उपलब्ध गराउने हुंदा कर्जामा लिईने व्याजमा अन्य निकायलाई दिनुपर्ने बीमा शुल्क कर्जा सुचना सम्वन्धी शुल्क बाहेक अन्य कुनैपनि प्रकारका शुल्क लिन नपाईने परिपत्रमा उल्लेख छ । 

सम्बन्धित समाचार

तराई मधेशमा अठार हजार जनता बराबर एक बैंक

काठमाडौँ । तराई मधेशका जिल्लालाई सुगम मानिए पनि एउटै बैंक तथा वित्तीय संस्थाले तोकिएभन्दा बढी सेवाग्राहीलाई सेवा दिनुपर्ने अवस्था रहेको पाइएको छ ।  नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो एक प्रतिवेदनका आधारमा

राष्ट्र बैंक रिपोर्ट : बजेट घाटा बढ्दो, शोधनान्तर स्थिति नाजुक, रेमिटेन्स घट्यो

काठमाडौँ ।  चालु आर्थिक वर्षको १० महिनामा बजेट घाटामा व्यापक वृद्धि र विप्रेषण (रेमिटेन्स) आप्रवाहमा कमी आएको छ ।  चालु आवको १० महिनाको तथ्यांकमा आधारित भएर नेपाल राष्ट्र बैंकले आज जारी गरेको मुलुकको आर्थिक

बिदेशमा बस्ने नेपालीहरुलाई लगानीको अवसर : बार्षिक १० प्रतिसत व्याजमा बैदेशिक रोजगार बचतपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैदेशिक रोजगारीका क्रमममा बिदेशमा रहेका नेपाली नागरिकहरुलाई लगानीको अवसर दिएको छ । पछिल्लो समय बैदेशिक रोजगारीबाट प्राप्त आय (रेमिटेन्स) को प्रयोग अनुत्पादन क्षेत्रमा हुने क्रम बढेपछि

शहरी क्षेत्रमा आगमन घट्दा घरजग्गाको कारोबारमा उल्लेख्य कमी

काठमाडौँ । पछिल्लो समयमा घर जग्गाको कारोबारमा उल्लेख्य कमी आएको नेपाल राष्ट्र बैंकको एक तथ्यांकले देखाएको छ ।  सेवा, सुविधाका हिसाबले ग्रामीण क्षेत्रका स्थानीयबासीन्दाहरु सहरी क्षेत्रमा प्रवेश गर्ने शिलशिलामा क्रमिक सुधार