• २०८१ बैशाख ८ शनिबार

फिल्म ‘कृ’ की नायिका आदिती भारतीय म्युजिक भिडियोमा

kharibot

अहिलेका चल्तीका नायक अनमोल केसी अभिनित फिल्म ‘कृ’मा नायिकाको भूमिकामा रहेकी आदिती बुढाथोकीले भारतीय गीतमा अभिनय गरेको म्यूजिक भिडियो सार्वजनिक भएको छ । केही वर्षदेखि भारतमा बसेर म्यूजिक भिडियोमा काम गर्दै आइरहेकी आदितीले जी म्युजिकले बनाएको म्युजिक भिडियोमा आदितीले अभिनय गरेकी छन् ।

'गल गोरिए' बोलको सार्वजनिक गीतमा र्‍याप र संगीत रफ्तारको रहेको छ भने शब्द जानीको छ । गीतमा पञ्जाबी गायक मनिन्दर बुट्टरको स्वर सुन्न सकिन्छ । अरविन्द्र खैराले म्यूजिक भिडियो निर्देशन गरेका हुन् । यो भिडियोलाई जि म्यूजिक कम्पनी र अंकित खन्ना प्रोजेक्टस् ले संयूक्त रुपमा निर्माण गरेको हो ।

भारतमा बसेर बलीउड फिल्ममा करिअर बनाउन कम्मर कसेर लागिपरेकी आदिती अभिनित नेपाली फिल्म ‘कृ’ आगामी कार्तिक ३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

'गल गोरिए' बोलको गीत :

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै