• २०८१ बैशाख ४ मंगलबार

विश्वभर यस्तो देखियो चन्द्रग्रहण (फोटो फिचर)

kharibot

काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन बुधबार खग्रास चन्द्रग्रहण लागेको छ ।

बेलुकी पाँच बजेर ५५ मिनेटमा चन्द्रमा उदाएकामा नेपालमा ६ बजेर ३६ मिनेटमा ईशान कोणबाट ग्रहणले छोएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

ग्रहणको मध्यकाल सात बजेर १७ मिनेटमा भयो । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

ग्रहणका समयमा शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकले बिहान आठ बजेर ५५ मिनेटदेखि नै खान नहुने मान्यता छ । ग्रहण लागेपछि सुत्न, हाँस्य विनोद, लगायत काम पनि गर्नु नहुने उनले बताए ।  ग्रहण निमित्तिक देवपूजा, तर्पण, श्राद्ध आदि भने गर्नु हुने शास्त्रोक्त विधान छ ।

धर्मशास्त्रीय मान्यता अनुसार आजको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाले मात्र हेर्न हुने समितिले स्वीकृत गरेका पंचागमा उल्लेख गरिएको छ । यी राशि भएकाले पनि खुला आँखाले ग्रहण हेर्नु हुँदैन । समितिले स्वीकृत गरेका यस वर्षका पञ्चाङ्गमा मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुख प्राप्ति र मीन राशिकालाई चिन्ताको योग छ ।

चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगोरियन पात्रो अनुसार एकै महिनामा दुई पटक पूर्ण चन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

यो दुर्लभ खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।
चन्द्रग्रहण अफ्रिकाका केही देशबाहेक विश्वभरबाट देखिएको सोसाइटीले जनाएको छ ।

विश्वभर देखिएको चन्द्रग्रहणका केहि तस्बिरहरु :
 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै