• २०८१ बैशाख ८ शनिबार

घरेलु मैदानमा चेल्सीको लजास्पद हार  

kharibot

काठमाडौँ । इङलिश प्रिमियिर लिग अन्तर्गत चेल्सी बोर्नमाउथसँग पराजित भएको छ । चेल्सीको घरेलुमैदानमा ऐतिहासिक जित निकाल्दै बोर्नमाउथले चेल्सीलाई ३-० गोल अन्तरले पराजित गरेको छ । 

पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा बोर्नमाउथले तिनै गोल दोस्रो हाफमा गरेको थियो । बोर्नमाउथका लागि कालुम विल्सन, जुनियर स्टानिसलस र नाथन अकेले गोल गरेका थिए ।

प्रिमियर लिगमा चेल्सीको यो घरेलु मैदानमा भएको ठुलो हार हो । यस सिजनमा ५ खेलमा पराजित भएको चेल्सीलाई हराउदै बोर्नमाउथले यस सिजनमा लगातर ६ खेलमा अपराजित रहेको छ ।

यस खेलपछि चेल्सी २५ खेलम ५० अंकसहित लिगको चौथो स्थानमा रहेको छ भने बोर्नमाउथ २५ खेलमा २८ अंक सहित लिगको १०औ स्थानमा रहेको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै