• २०८१ बैशाख १३ बिहीबार

म्यानचेस्टर युनाइटेडमाथि टोटनह्यामको शानदार जित, इरिक्सनले गरे ११ सेकेन्डमा गोल 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड टोटनह्यामसँग पराजित भएको छ ।

गएराती भएको खेलमा युनाइटेडको विजयी यात्रालाई टुंगाउदै टोटनह्यामले २-० ले खेल जितेको छ । 

टोटनह्यामको जितमा क्रिस्टियन इरिक्सनले खेलको ११ सेकेन्डमै गोल गरेका थिए । पहिलो मिनेटमै गोल खाएर दबाबमा आएको युनाईटेडका डिफेन्डर फिल जोन्सले खेलको २८औ मिनेटमा आत्मघाती गोल गर्दै टोटनह्यामाको अग्रतालाई दोब्बर बनाएका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र खेल टोटनह्यामले २-० ले जित्यो ।

टोटनह्यामले घरेलु मैदान बनाएको विम्बलीको मैदानमा ८२ हजार रेकर्ड दर्शक उपस्थित भएको खेलमा ईरिक्सनले टोटनह्यामका लागि आफ्न ५०औ गोल गरेका हुन् । २०१३ पछि उनि ह्यारी केनको १२८ गोल पछि टोटनह्यामका लागि धेरै गोल गर्ने दोस्रो खेलाडी पनि हुन् ।

त्यस्तै टोटनह्यामले सन् १९६६ देखि लगातर तीन घरेलु खेलमा युनाइटेडलाई पराजित गरेको छ । 

यो जित पछि टोटनह्याम २५ खेलमा ४८ अंक सहित लिगको पाचौ स्थानमा रहेको छ भने युनाइटेड २५ खेलमा ५३ अंकसहित लिगको दोस्रो स्थानमा रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै