• २०८१ बैशाख १४ शुक्रबार

इम्ब्रहिमोविचले युनाइटेड छोडने, तीन साताअघि एलए ग्यालेक्सीसँग सम्झौता गरेको खुलासा 

kharibot

काठमाडौँ । स्विडेनका ३६ बर्षिय स्ट्राइकर जलाटन इम्ब्रहिमोविचले म्यान्चेस्टर युनाइटेड छोडेर अमेरिकन क्लब एलए ग्यालेक्सी जाने भएका छन् ।

इम्ब्रहिमोविचले तीन साता अघिनै एलएसँग सम्झौता गरेको खुलासा भएको छ । फ्रेन्च पत्रिकाले एलए ग्यालेक्सी क्लबको स्रोतलाई उल्लेख गर्दै तीन साता अगाडी नै सम्झौता भैसकेको उल्लेख गरेको छ । इम्ब्रहिमोविचले अमेरिका जान इच्छा यसअघि धेरै पटक सार्वजनिक रुपमा व्यक्त गरेका थिए । 

युनाइटेडमा अझै ६ महिना सम्झौता बाँकी रहेको भएपनि उनि युनाइटेड मै रहने वा अमेरिका जाने भन्ने बारे भने अन्योल नै रहेको छ । अघिल्लो साता युनाइटेडका म्यानेजर जोसे मोरिन्होले इम्ब्रहिमोविच अमेरिकामा जान चाहे आफुहरुले नरोक्ने र उनलाई सहज बनाउने बताएका थिए । मोरिन्होको यस भनाई पछि नै इम्ब्रहिमोविचले युनाइटेड छोड्ने अनुमान गरिएको थियो ।

अघिल्लो सिजन युनाइटेड आएका इम्ब्रहिमोविचले यस सिजनको सुरुमा एक बर्षका लागि सम्झौता गरेका थिए । उनले अघिल्लो सिजनमा युनाइटेडका लागि २८ खेल खेल्दै १७ गोल गरेका थिए भने यस सिजनमा भने केवल ५ खेल खेले पनि इन्जुरीका कारण मैदान बाहिर रहेका छन् । 

अहिले खेलमा फर्किन कडा मिहिनेत गरिरहेपनि अमेरिका सम्झौता गरेको रिपोर्ट आएपछि अब युनाइटेडमा खेल्छन् या खेल्दैनन् यो भने अझै स्पष्ट भैसकेको छैन ।
उनले इटाली, स्पेन र फ्रान्सका ४ क्लबबाट खेल्दै लिग जित्ने रेकर्ड राखेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै