• २०८१ बैशाख १२ बुधबार

वाग्मती सफाइ महाअभियानलाई भगीरथ पुरस्कार

kharibot

फाइल फोटो ।

काठमाडौँ । वाग्मती सफाइ महाअभियानलाई भगीरथ पुरस्कारले सम्मान गरिएको छ । 

अखिल विश्व गायत्री परिवारले भारतको नागपुरमा आयोजना गरेको युग सृजेता सम्मेलनको समापनका अवसरमा गत आइतबार नियमित सफाइ अभियान चलाएर देशव्यापी जागरण ल्याएको भन्दै महाअभियानलाई पुरस्कार दिइएको हो । 

महाअभियानका तर्फबाट सफाइ अभियन्ता डा राजु अधिकारीले भगीरथ पदक ग्रहण गरे । पुरस्कार भारतका गंगा सफाइ तथा परिवहन मन्त्री नीतिन गडकरीले हस्तान्तरण गर्नुभयो । मन्त्री गडकरीले सफाइ महाअभियानको निरन्तरताको कामना पनि गरे । 

२०७० सालजेठ ५ गतेदेखि प्रत्येक हप्ताको शनिबार शुरु गरिएको सफाइ महाअभियान माघ २० गते शनिबार २४७ हप्ता प्रवेश गर्दैछ । महाअभियान शुरु भएपछि देशभरका नदी सफाइ गर्ने लहर चलेको छ । हाल देशभर ४५ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ । 

सो सम्मेलनमा महाअभियानका तर्फबाट १२ अभियन्ताले भाग लिएका थिए । कार्यक्रममा नेपाल, भारत, क्यानडा, अष्ट्रेलिया, मोरिसस, भुटानलगायत देशका प्रतिनिधिको सहभागिता थियो । पुरस्कारले अभियान जारी राख्ने प्रेरणा जागेको अभियन्ता अधिकारीले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै