• २०८१ बैशाख १२ बुधबार

‘कान्छी’ को ‘चरी चट्ट परि भुरुरु’ युट्युबमा एक करोडभन्दा बढी पटक हेरियो 

kharibot

काठमाडौँ ।  पछिल्लो केही समययता नेपाली फिल्मका गीत युट्युबमा १ करोड भन्दा बढी पटक हेरिनु सामान्य भएको छ । 

फागुन ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कान्छी’ मा समावेश ‘चरी चट्ट परि भुरुरु’ गीतले युट्युबमा नयाँ रेकर्ड राखेको छ । फिल्म रिलिज अगावै यो गीत युट्युबमा एक करोड भन्दा बढी पटक हेरिएको छ ।

 गीतसंगीत उत्कृष्ट भएकै कारण धेरै फिल्मले बिजनेशमा बाजी मारेको रेकर्ड फिल्म क्षेत्रमा छ । त्यसैले पनि ‘कान्छी’ को व्यापारिक सफलताको लागि यो गीतले ठूलो अर्थ राखेको छ ।

‘चरि चट्ट परि’ लाई युट्युबमा ५६ लाख लाइक्स र साढे ३ हजार बढी कमेन्ट मिलेको छ । कमेन्टमा अधिकांशले गीतसँगै दयाहाङ राई र श्वेता खड्काको केमेष्ट्रीको तारिफ गरेका छन् । राजनराज सिवाकोटीको संगीत र शब्द रहेको यो गीतमा राजन र गायिका अन्जु पन्तको स्वर छ ।

‘कान्छी’ लाई 'कोहिनूर' फेम निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् । यो फिल्ममा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ । 
शैलेश खड्का निर्माता रहेको फिल्ममा रविन खड्का सह-निर्माताको रुपमा रहेका छन् । ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै