• २०८१ बैशाख ८ शनिबार

क्लासिक टेकका वार्षिक ग्राहकलाई 'सित्तैमा' इन्टरनेट !

kharibot

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले सित्तैमा अफर ल्याएको छ । खासगरी वार्षिक ग्राहकलक्षित यो अफरअनुसार ग्राहकले विभिन्न सुविधा पाउने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार सित्तैमा अफरअन्तर्गत कम्पनीको वार्षिक ग्राहक बन्ने ग्राहकलाई इन्टरनेटको जडान खर्च, वाइफाइ राउटर र फाइबर केबलका सम्पूर्ण खर्च लाग्नेछैन । त्यस्तै १२ एमबीपीएस इन्टरनेटको प्रतिमहिना ७७७ रुपैयाँ, १८ एमबीपीएस ९९९ रुपैयाँ, ३० एमबीपीएस १०९९ र ६० एमबीपीएस नेटको ११९९ रुपैयाँमा ग्राहकले उपभोग गर्न पाउनेछन् ।

यसलाई कम्पनीले एकदमै सस्तोदरको इन्टरनेट सेवा भनेको छ । साथै कम्पनीले आफन्त या साथीभाइलाई कम्पनीको सेवाबारे जानकारी गराएमा दुवैले एक एक महिना सित्तैमा इन्टरनेट पाउने पनि जनाएको छ । 

कम्पनीले आठ वर्षयता सेवा दिँदै आएको छ । हाल देशका ७२ जिल्लामा कम्पनीको सेवा प्रवाह गरेको छ ।

हालसम्म १८ स्थानमा शाखा खोलेको कम्पनीले ७ सय ५० जना कर्मचारीबाट ३५ हजार ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै