• २०८१ बैशाख ८ शनिबार

गणतन्त्रको उपलक्ष्यमा छुटेका कैदीहरु पुनः लुटपाटमै संलग्न, चार जना पक्राउ

kharibot

काठमाडौं । महानगरीय प्रहरीले भक्तपुरको सूर्यविनायक क्षेत्रमा लुटपाट गर्ने डाँका समूहलाई बुधबार पक्राउ गरेको छ । गत १० गते राति २ बजे सूर्यविनायक ८ गणेशचोकमा रहेको एक घरमा डेरा गरी बस्ने रामबहादुरको कोठाबाट लाखौँ नगद लुट्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा रामेछाप दोरम्बाका भोजबहादुर थापा मगर, सिन्धुली मरिन ८ का मिलन भन्ने रत्नबहादुर तामांग, काभ्रे धुलिखेल १ का विष्णु भन्ने अमृत तामांग र सानुकान्छा ब्लोन रहेका छन् । गत १० गते उक्त डाँका समूहले योजनाबद्ध रुपमा रामबहादुर तामांगको डेरामा प्रवेश गरी पेस्तोल देखाएर १६ लाख ७ हजार नौ सय रुपैयाँबराबरको मालसामान लुटेर लगेका थिए ।

उनीहरुलाई बुधबार नै महानगरीय प्रहरी परिसर भक्तपुर बुझाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये भोजबहादुर र रत्नबहादुर यसअघि पनि लुटपाटमा संलग्न रहँदै आएको खुलेको छ । उनीहरु गणतन्त्र दिवसको अवसरमा कैदछुट भएर जेलमुक्त भएको समेत खुलेको छ । 

घटनामा संलग्न चार जना पक्राउ परे पनि अझै तीन जना फरार छन् । प्रहार हुनेमा दोरम्बाकै टोकल भन्ने रोहित थापा मगर, सिन्धुपाल्चोक मेलम्चीका वाइबा भन्ने दीर्घबहादुर तामाङ र विनोद तामांग रहेका छन् । उनीहरुबाट साढे ६ तोला पगालेको सुन, एक थान नोकिया मोबाइल, बा८३प ३७७३ नम्बरको एफजेट मोटरसाइकल, चोरिएको ज्याकेट एक थान समेत बरामद भएको छ । 

उनीहरुले गत १० गते लुटपाटमा जानुअघि जगातेमा आठ जना भेटघाट गरी लुट्ने घरको निगरानी गरेका थिए । सोही रात ९ बजेसम्म मानिसहरु नसुतेसम्म निगरानी गरी राति २ बजे डेरामा पसेका थिए ।

सो क्रममा गरगहना, नगर, घर कम्पाउन्डमा रोकिराखेको बा८५प ७८५० नम्बरको बाइकसमेत लुटी लगेका थिए । लुटपाटपछि उनीहरु पैदलबाटै जोरपाटी आएर लुटेको सामान बाँडेका तथा लुटपाटका गरगहना मूर्तिको का मगर्ने सानुकान्छा तामांगलाई बिक्री गर्न दिएर नगद २ लाख ९० हजार लिएर हिँडेका थिए ।

फरार डाँकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै