मुग्लिन–नारायणगढ सडक १० घण्टापछि खुल्यो

खरीबोट

रत्ननगर, चितवन ।  चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत घुमाउनेमा भित्तो काट्ने क्रममा भेटिएको जोखिमयुक्त चट्टान (ढुंगो)का कारण रोकिएका सवारी अहिले राति ८ बजेबाट पुनः सञ्चालनमा आएका छन् । 

मंगलबार तोकिएभन्दा चार घण्टा बढी यातायात प्रभावित भएको छ । बिहान १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर भित्तो काट्ने काम शुरु गरिएपनि घुमाउनेमा जोखिमयुक्त चट्टान भेटिएकाले ४ बजे नै खुल्नुपर्ने सडक राति ८ बजेमात्रै सञ्चालनमा आएको छ । चट्टान पन्छाउन समय लागेकाले चार घण्टा ढिला गरी सवारी सञचालनमा आएको चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले बताए । 

मंगलबार बिहान १० बजेदेखि नै रोकिएका सवारी साधन १० घण्टापछि गन्तव्यतर्फ प्रस्थान गरेका छन् । तर हजारौँ सवारी सडकमा रहेकाले यातायात आवागमन भने प्रभावित भएको छ । यातायात सहज हुन रातभर नै लाग्ने अनुमान छ ।  

सम्बन्धित समाचार

सत्र किलोमा सडक भासिने क्रम जारी

चितवन / नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासिने क्रम जारी रहेको छ । एक महिनादेखि विस्तारै भासिन शुरु गरेकामा हालसम्म आइपुग्दा १ दशमलब ५ मिटर सडक भासिएको छ ।  नारायणगढ–मुग्लिन सडक

नारायणगढ मुग्लिन सडक रोकियो

चितवन / नारायणगढ मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ कालीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।  बिहान १०ः२५ बजे पहिरो गएपछि सवारी आवागमन रोकिएको जिल्ला प्रहरी

नारायणगढ मुग्लिन सडक खुल्यो

चितवन / निरन्तर वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र

पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध

चितवन। निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि आज बिहान