• २०८१ बैशाख १३ बिहीबार

कपिलवस्तु अनेरास्ववियुमा विवाद, समानान्तर कमिटि गठन

kharibot

कपिलवस्तु । अनेरास्ववियु कपिलवस्तुमा विवाद सिर्जना भएको छ । एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले एकलौटी ढंगले अनेरास्ववियुको नयाँ नेतृत्व चयन गरेपछि अनेरास्ववियु कपिलवस्तुमा विवाद देखीएको हो ।

विवाद देखीएसंगै आज एकैदिन बनगाईको छुट्टा–छुट्टै ठाउमा दुई समिती गठन भएको छ । अनेरास्ववियुको बैठक आयोजना गरि पार्टी अध्यक्ष पोख्रेलले सम्मेलनको संज्ञा दिई जिल्ला सदस्य बाबुराम अर्याललाई अध्यक्ष घोषणा गर्नुभएको थियो । अनेरास्ववियुको विधान अनुसार दुई कार्यकाल जिल्ला कमिटीमा बसेर काम गरेकालाई मात्र अध्यक्ष बनाउने प्रावधान छ ।

तर एमाले अध्यक्ष पोख्रेलले अनेरास्ववियुको विधान विपरित एक कार्यकाल मनोनित सदस्य पदमा रहेका अर्याललाई अध्यक्ष बनाएपछि विवाद सिर्जना भएको हो । अनेरास्ववियुका वहुमत सदस्यले विधान अनुसार सम्मेलन गर्नुपर्ने माग गरेपनि पार्टीको हस्तक्षेपमा नयाँ नेतृत्व चयन गरेकाले विवाद सिर्जना भएको उपाध्यक्ष शुसील खत्रीले बताए ।

बहुमत सदस्यले उक्त प्रक्रियाको विरोध गर्दै समानान्तर नयाँ कमिटी चयन गरेको बताइएको छ । आज बहुमत सदस्यको भेलाले समानान्तर कमिटिको अध्यक्ष पदमा शुशील खत्रीलाई चयन गरेको छ । विधान विपरित नयाँ नेतृत्व चयन गरेपछि गठित समानान्तर कमिटिको अध्यक्ष शुशील खत्रीको नेतृत्वमा १३ सदस्यीय कमिटी गठन गरेको हो ।

विगतमा अनेरास्ववियुको जिल्ला सम्मेलनमा मा.वि.कमिटि, उच्च मा.वि., क्याम्पस, क्षेत्रीय कमिटिबाट विद्यार्थी प्रतिनिधि छनौट भई जिल्ला सम्मेलनमा सहभागी हुने गर्दथे । तर गएको अधिवेशनमा जिल्ला पार्टी नेतृत्वले हस्तक्षेप गर्दै विवादस्पाद अनेरस्ववियुको कमिटि गठन गरेको थियो भने यसपटक पनि विधान प्रकृया मिचेर विद्यार्थीले नेतृत्व छनौट गर्ने अधिकार कुण्ठित गरेको जिल्ला सदस्य असिम क्षेत्री बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै