• २०८१ बैशाख ७ शुक्रबार

क्यानको विवाद मिलेको राखेपका सदस्यसचिव विष्टको दाबी 

kharibot

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टले नेपाल क्रिकेट संघ (क्यान)को विवाद आगामी जुन महिनासम्म अन्त्य गरिसक्ने दाबी गरेका छन् ।

मंगलबार राखेपस्थित आफ्नै कार्यालयमा क्यानका निर्वाचित महासचिव अशोकनाथ प्याकुरेल र सल्लाहकार समितिका संयोजक विनयराज पाण्डेसहित पत्रकार सम्मेलन गर्दै आईसीसी पदाधिकारीसँग भएको भेटवारे जानकारी गराएका हुन् । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघ क्यानमा सल्लाहकार समितिले बनाएको विधान मानेको छैन । सरकारले हस्तक्षेप गरेको भन्दै आईसीसीले क्यान निलम्बन गरे पनि फुकुवाका निम्ति भने पहल गर्दै आएको छ । सोही क्रममा आईसीसीले आगामी जुन महिना सम्ममा क्यानको विवाद टुङ्ग्याउन अन्तिम समयसीमा दिएको छ ।

कार्यक्रममा सदस्यसचिव विष्टले आईसीसीका प्रतिनिधिहरुसँगको छलफल उपलब्धिमूलक भएको बताएका छन् । उनले भने, ‘क्रिकेटसँग आबद्ध हरेक व्यक्तिले यो घटनाको जिम्मेवारी लिनुपर्छ र यसलाई सिकाइको रुपमा लिएर आगामि दिनमा यस्ता गल्ती कमी-कमजोरी हुन नदिने तरिकाले अब क्यानको दीर्घकालीन बाटो तय गर्नुपर्छ ।’ विष्टले क्यानको विवादलाई आईसीसीले दिएको अन्तिम डेटलाइनसम्म अन्त्य गर्ने दाबी गरे । 

कार्यक्रममा क्यानको सल्लाहकार समितिका संयोजक विनयराज पाण्डे र क्यानका निर्वाचित महासचिव अशोकनाथ प्याखुरेल पनि उपस्थित भएका थिए । ‘आइसिसीको सल्लाहकार समूहका सदस्य तथा क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेले पनि धेरै कुरामा सहमति भएको स्वीकार गर । तर अझैपनि एक दुइवटा कुरामा आइसिसीले असहमति राखेको उनको भनाई छ । 
अहिले जिल्लाबाट निर्वाचित भएको समितिलाई बैधानिकता दिने विषयमा आइसिसीको असहमति रहेको उनले बताए ।

‘जिल्लामा एउटा कमिटी बनाउने र त्यहि कमिटीले चुनाव गर्छ भन्ने प्रावधान विपरित भएकोले फेरि चुनाव हुनुपर्छ भन्ने मान्यता आइसिसीको छ’ पाण्डेले भने, ‘यस्तै पूर्व खेलाडीले सदस्य हुन पाउँछ भन्ने हाम्रो मान्यता हो तर उनीहरुले अवकासप्राप्त पूर्व खेलाडी भनिएको छ, यिनै विषयमा केहि विवाद छ ।’ ससाना कुरामा निहु नखोज्ने हो भने विवाद समाधान हुने उनको भनाई छ । 

आफूलाई निर्वाचित दाबी गर्दै आएका क्यानका महासचिव अशोकनाथ प्याकुरेलले आइसिसिले नेपालको निलम्बन फकुवा गर्ने हो भने आफ्नो लागि कुनै पनि कुरा मुख्य नहुने र अडान पनि नराखिने बताए । आइसिसीको विधानअनुसार नै जिल्लालाई थप बलियो बनाउने गरि चुनाव गराएर प्रतिनिधि छानिएको उनको भनाई छ । 

नेपाली क्रिकेटको विवाद बढ्दै गएपछि झण्डै २ बर्षअघि आइसिसीले क्यान निलम्बन गरेको थियो । विवाद समाधानको लागि सल्लाहकार समिति पनि बनाएको थियो । आउँदो जुनसम्म पनि विवाद समाधान नगरे नेपाली क्रिकेट खारेज हुनसक्ने आइसिसीले चेतावनी दिइसकेको छ । यसबारे आइसिसीको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाली क्रिकेटका

सरोकारवालाहरुसँग छलफल गरी फर्किएको छ । आइसिसीका कार्यवाहक अध्यक्ष ख्वाजा नेतृत्वको टोलीको सुझावका आधारमा आइसिसीले क्यानको निलम्बन कायमै राख्ने, क्यान खारेज गर्ने वा निलम्बन फुकुवा गर्ने भन्नेबारे निर्णय गर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै