• २०८१ बैशाख ७ शुक्रबार

भक्तपुर नगरपालिकाले मेयर कप भलिबल प्रतियोगिता गर्ने 

kharibot

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा फागुन ३ देखि  ८ गतेसम्म अन्तर नगर मेयर कप भलिबल प्रतियोगिता गरिने भएको छ ।

रफत सञ्चार क्लबमा आज आयोजित पत्रकार सम्मेलनमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले यसबारे जानकारी दिएका हुन् । उनले खेल खेलाडीका लागि मात्र नभएर यसकोे माध्यमबाट देशको सार्वभौमिता जोगाउन समेत उपयोग गरिनुपर्ने बताए । 

गएको पुस १९ गते बसेको नगरपालिकाको बोर्ड बैठकले भलिबल खेललाई प्राथमितामा राखेर यसको विकासका लागी उक्त प्रतियोगिताको आयोजना गरेको उनले बताए । उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि मेयर प्रजापतिको संयोजकत्वमा ९२ सदस्यीय मुल समिति समेत गठन गरिएको छ ।

उक्त प्रतियोगीतामा ४० देखि ५० वटा नगरको सहभागीता हुने विश्वास गरिएको छ । प्रतियोगीतामा प्रथम, द्धितिय तृतिय र सान्त्वना हुनेलाई क्रमश १ लाख ५१ हजार, ७५ हजार, ३० हजार र २० हजार नगद पुरस्कारका व्यवस्था गरिएको नगरपालिकाले बताएको छ । 

साथै प्रत्येक टिमलाई प्रतिखेल प्रोत्साहन स्वरुप ५ हजार प्रदान गरिनेछ । अहिले पनि भक्तपुर नगरपालिकाकै आयोजनामा भलिबल, फुटबल, टेबलटेनिस बक्सिङ लगायतका ५ वटा खेलको प्रशिक्षण भइरहेको छ ।

कार्यक्रममा नपाका उपप्रमुख रजनी जोशी, ७ नं वडाका अध्यक्ष उकेश कवां, १ नं वडाका अध्यक्ष श्याम खत्री, भलिबलका अन्तराष्ट्रिय प्रशिक्षक गौतम लासिवा, जिल्ला भलिबल संघका अध्यक्ष बिनोद चरण रायले नेपालको राष्ट्रिय खेल भलिवलको प्रवर्दन र संरक्षणमा नपाले खेलको भूमिका प्रसंशनिय रहेको बताए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै