• २०८१ बैशाख ७ शुक्रबार

मनाइयो शहीद दिवस (फोटोफिचर) 

kharibot

काठमाडौं । विविन्न कार्यक्रम गरेर आज शहीद दिवस मनाइएको छ । मुलुकमा प्रजातन्त्र ल्याउनको लागि आफ्नो जीवन त्यागेका शहीदहरुको सम्झना गरी आज मुलुकभर शहीद दिवस मनाइएको हो । 

प्रजातन्त्रप्राप्तिको लागि विक्रम सम्वत् १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठले आफ्नो ज्यान बलिदान दिएको सम्झनामा मंगलबार मुलुकभर शहीद दिवस मनाइएको हो ।

शहीद सप्ताहको अन्तिम दिन आज काठमाडौँको लौनचौरस्थित शहीद स्मारकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद स्मारकमा माल्यार्पण गरेर शहीदहरुप्रति सम्मान प्रकट गरेका गरे । यसै अवसरमा नेपाली सेनाले शहीदहरुप्रलि सलामी अर्पण गरेको थियो । 

  • प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय लैनचौरस्थित शहीद स्मारकमा मंगलबार शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै । तस्बिर : रासस

शहीद दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्रीहरु, उच्चपदस्थ अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु शहीद स्मारक पुगेका थिए । त्यस्तै, काठमाडौँ महानगर प्रमुख विद्या सुन्दर शाक्य, उपप्रमुख हरीप्रभा खड्गीले स्मारकमा माल्यार्पण गरेर शहीदप्रति सम्मान प्रकट गरेका थिए । 

त्यस्तै, प्रधानसेनापति राजेन्द्र श्रेत्री, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका प्रमुख सिंह बहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलगायतले शहीद स्मारकमा माल्यार्पण गरी शहीदहरुप्रति सम्मान अर्पण गरेका थिए । 

नेपाली सेनाले शहीदहरुको सम्मान अर्पण गरेको थियो । प्रजातन्त्र स्थापनामा योगदान पुर्याएका शहीदको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई शहीद सप्ताहको रुपमा मनाउने गरिएको छ । 

शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मारकमा मंगलबार शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सुरक्षा निकाय ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै