• २०८१ बैशाख ८ शनिबार

अमिताभ बच्चनलाई मनपर्यो पद्मावतमा रनबीरको भूमिका, फुल र पत्र पठाएर गरे प्रशंसा 

kharibot

मुम्बई । अनेकौ विवादमा फसेर रिलिज भएको पद्मावतलाई दर्शकले अत्यन्त माया दिएका छन् । रिलिजको छैठौ दिनसम्म फिल्मले १२० करोड भन्दा बढी व्यापार गरेको छ । अन्तर्राष्ट्रिय बक्स अफिसमा पनि फिल्मले राम्रो ब्यापार गरेको छ । अमेरिका, अस्ट्रेलिया, युकेमा फिल्मले अत्यन्तै राम्रो ब्यापार गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

दर्शकको अपार माया पछि फिल्मलाई बलिवुडका महानायक अमिताभ बच्चनले पनि अत्यन्त मन पराएका छन् । अमिताभले फिल्ममा रनबीर सिंहको भूमिकालाई अत्यन्त मन पराएर रनबीरको घरमा पुष्प गुच्छा र एक पत्र पठाएको खुलासा स्वयं रनबीर सिंहले गरेका छन् । 'मलाई मेरो अवार्ड मिल्यो' भन्दै रनबीरले अमिताभले पठाएको पुष्प गुच्छा र पत्र सार्वजनिक गरेका छन् । अमिताभ बच्चनले फिल्ममा कुनै कलाकारको अभिनय मन परेमा यसरी नै पुष्प गुच्छा र पत्र पठाएर प्रसंशा गर्ने गर्दछन् । 

पद्मावतमा अल्लाऊद्दीन खिल्जीको भूमिकामा रहेका रनबीरको अभिनयको निकै तारिफ भैरहेको छ । रनबीरका अलावा दिपीका पदुकोने र शाहिद कपुरको पनि महत्वपूर्ण भूमिका रहेको यस फिल्मलाई चर्चित निर्देशक संजयलिला भन्सालीले निर्देशन गरेका हुन् ।

भारतका केहि राज्यमा विरोध भएपनी फिल्मले दर्शकको साथ् राम्रो पाएको छ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै