• २०८१ बैशाख १२ बुधबार

पाकिस्तानलाई हराउदै भारत अन्डर-१९ विश्वकपको फाइनलमा

kharibot

काठमाडौँ । भारत अन्डर १९ विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई २०३ रनको विशाल अन्तरले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । अब उपाधिका लागि भारतले अस्ट्रेलियाको सामना गर्ने छ ।

भारतले दिएको २७३ रनको लक्ष्य पछ्याएको पाकिस्तान २९.३ ओभरमा ६९ रनमा अल आउट भएपछि भारतले खेल २०३ रनले जितेको हो । पाकिस्तानका लागि रोहैल नाजिरले सर्वाधिक १८ रन बनाएका थिए । पाकिस्तानको पारी ध्वस्त गर्ने क्रममा भारतका बलर इशान पोरेलले ४ विकेट लिएका थिए भने रियान पराग र शिवा सिंहले २-२ विकेट लिएका थिए । 

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतीय तिम्ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २७२ रन बनाएको थियो । भारतका लागि शुभम गिलले सतकीय पारी खेलेका थिए उनले १०२ रन बनाए भने मन्जोत कलराले ४७ र पृथ्वी शाहले ४१ रन र अनुकुल रोयले ३३ रन बनाए । पाकिस्तानका बलर अर्शाद इकवालले ३ र मुहाम्मद मुसाले ४ विकेट लिएका थिए ।

फाइनल खेल अस्ट्रेलिया र भारतबीच आगामी शुक्रबार हुदै छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै