• २०८१ बैशाख १३ बिहीबार

भारतीय सर्वोच्च अदालतद्वारा तीन राज्य सरकार विरुद्ध मानहानीको सूचना जारी

kharibot

नयाँ दिल्ली ।  भारतको सर्वोच्च अदालतले उत्तर प्रदेश, राजस्थान र हरियाणा राज्य सरकार विरुद्ध गाई संरक्षणको नाममा घटेका घटना रोक्न असफल भएको भन्दै सोमबार मानहानीको सूचना जारी गरेको छ । 

यसले हिन्दु धर्मावलम्वीद्वारा पवित्र मान्ने गाईको कथित तस्करी वा हत्याको आरोपमा ती राज्यमा केही नागरिकलाई कुटेर हत्यासमेत गरेका हालैका घटनालाई महत्वपूर्ण रूपमा उठाएको छ । 

भारतको खासगरी हिन्दु समुदायको ठूलो जनसङ्ख्याले गाईलाई पूजा गर्ने गर्छ र गाई बचाऊ अभियानका घटना मुख्यतया मुसलमान नागरिकमाथि लक्षित बनेका थिए । गाईको संरक्षणको नाममा केही समयपहिले ती राज्यमा भएका घटनाले अराजकता निम्ताएको अदालतले ठहर गरेको छ । 

भारतीय एक उच्च अदालतले गत बर्षको सेप्टेम्बर ६ मा २६ वटै भारतीय राज्यलाई केन्द्रित गर्दै कानूनी शासनको प्रत्याभूत गर्दै कथित गाई अधिकारवादीद्वारा गरेको ‘हिंसा’ रोक्न अधिकारीलाई राजमार्ग तथा मुख्य सडकमा खटाउन निर्देशन दिएको थियो । 

सन् २०१५ मा उत्तर प्रदेशको दाद्री क्षेत्रमा गाईको कथित तस्करी तथा हत्याको पहिलो घटना भएको थियो । उक्त घटनामा मोहम्मद अखलाक भन्ने एक वृद्धलाई कुटेर हत्या गरिएको थियो । सन् २०१७ को जुलाईमा पनि सोही आरोपमा गुजरातमा ‘तल्लो जात’ का चार जनालाई एक कारमा बाँधी मरणासन्न अवस्थामा पुग्ने गरी आक्रमण गरिएको थियो । 

यस्तै घछनामा राजस्थानको अलवार जिल्लामा ५५ बर्षे डेरी सञ्चालक पेहलु खानलाई गाईको तस्करी गरेको आशङ्कामा कुटपिट गरी हत्या गरिएको थियो । 

खानलाई गाईहत्या विरोधी अभियानका केही मानिसले घाँटीमा समाती जमिनमा पछारेको भिडियो सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएको थियो । यसले देशभर उनको पक्षमा प्रदर्शन भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै