• २०८१ बैशाख ६ बिहीबार

फ्री-किकबाट धेरै गोल गर्नेमा रोनाल्डोभन्दा मेसी अगाडी 

kharibot

काठमाडौँ । विश्वफुटबलमा लियोनेल मेसी र क्रिष्टियानो रोनाल्डोको तुलना सधै हुने गर्दछ । दुवैमा को राम्रो भन्ने प्रश्नको उत्तर खोज्न संसारभरका फुटबल फ्यान विभाजित हुने गर्दछन । 

तर पछिल्लो समय मेसीको सफलताले बार्सिलोनालाई मात्र होइन मेसीको निजी आँकडालाई पनि निकै सुधार गरेको छ । यस सिजनमा रोनाल्डोको खराब प्रदर्शनको सिधै फाइदा मेसीलाई देखिएको छ । 

गएराती भएको खेलमा मेसीले खेलको अन्त्यतिर सुन्दर फ्री-किक गोल गर्दै बार्सिलोनालाई जित दिलाए । सोहि फ्री-किकबाट ला लिगामा मेसी रोनाल्डोभन्दा सिधै फ्री-किकबाट बढी गोल गर्ने खेलाडी बनेका छन् ।

२००३/२००४ सिजनदेखि यताको आँकडालाई आधार मान्दा ला लिगामा रोनाल्डोले फ्री-किकबाट २० गोल गरेका छन् भने मेसीले २१ गोल गरेका छन् ।

त्यस्तै गएरातीको खेल मेसिका लागि अर्को महत्वपूर्ण बनेर गयो । मेसीले बार्सिलोनाको घरेलु मैदान क्याम्पनाउमा आफ्नो २००औ खेल खेले । जसमा मेसीले  २११ गोल गरेका छन् भने ७४ गोल असिस्ट पनि गरेका छन् ।

आल्भेजविरुद्धको खेलमा बार्सिलोनाले मेसीको निर्णायक गोलमा जित हासिल गर्दै ला लिगामा ११ अंकको स्पष्ट अग्रता हासिल गरेको छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै