• २०८१ बैशाख ७ शुक्रबार

काबुलमा भएको आक्रमणको जिम्मेवारी आइएसले लियो 

kharibot

फाइल फोटो ।

काबुल । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक सैनिक विश्वविद्यालयमा भएको आतङ्ककारी आक्रमणको इस्लामिक स्टेट् (आइएस) ले जिम्मेवारी लिएको छ । 

पाँच जनाको सङ्ख्यामा आएका आतङ्ककारीहरु स्थानीय समायाअनुसार सोमबार विहान ५ बजे ‘मार्सल फहिम नेसनल डिफेन्स युनिभर्सिटी’ मा प्रेवेश गरी गोलाबारीका साथै विस्फोट गराएका थिए । 

सो हमलामा परी दुई सैनिकसहित पाँच जनाको मृत्यु हुनुको साथै अन्य १० घाइते भएका छन् । काबुल सरहमा भएको यस आत्मघाती बम आक्रमणको आइएस लडाकू समूहरुले आफूले गराएको दाबी गरेको समाचारमा जनाइएको छ । 

काबुलमा पछिल्ला केही दिनयता यस्ता हिंसात्मक आक्रमणका घटनाहरु निरन्तर रुपमा भइरहेका बताइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै