• २०८१ बैशाख ७ शुक्रबार

कुवेतमा समस्यामा परेका थप २० नेपाली कामदार स्वदेश फिर्ता

kharibot

काठमाडौँ । कुवेतमा समस्यामा परेका नेपाली कामदार स्वदेश फिर्ता पठाइएको छ ।

कुवेतस्थित दुतावासको पहलमा कुवेतको खराफी नेशनल कम्पनीमा कार्यरत रही समस्यामा परेका नेपाली कामदारहरूमध्ये २० जनालाई राजदूतावासले उक्त कम्पनीसँग कुराकानी तथा समन्वय गरेर वैदेशिक रोजगार प्रवर्द्धन वोर्डबाट प्राप्त उद्दार रकमबाट हवार्इ टिकटको व्यवस्था गरी आइतबार नेपाल पठाएको जानकारी दिएको छ  ।

यस अघि त्यसपूर्व सोही कम्पनीमा लामो समय देखि आवासीय भिसा नविकरण नभएका १७ जना कामदारहरूलार्इ राजदूतावासको पहलमा कुवेतको अध्यागमन प्रक्रिया पुरा गरी स्वदेश पठार्इ सकिएको थियो ।

साथै, कुवेतमा रहेका नेपाली समुदायसँग सम्बद्व सिन्धुपाल्चोक सेवा समाज, दलित एकता संजाल, लुम्बिनी समाज, कल्याणकारी युवा समाज एवं सो कम्पनीमा समस्यामा परेका नेपालीहरूको सहयोगार्थ गठित राहत समितिको आर्थिक सहयोगमा २ जना कामदारलार्इ नेपाल पठाइएको दुतावासले जनाएको छ ।  त्यसको अतिरिक्त अन्य २ जनालार्इ समेत राजदूतावासको पहलबाट स्वदेश फिर्ता पठाइएको जनाएको छ ।

खराफी नेशनल कम्पनीको सुलेबिया आयोजनामा कार्यरत रहँदा कम्पनीले आवासीय भिसा नविकरण नगरेको तथा तलव नदिएको समस्या उल्लेख गर्दै राजदूतावासमा समस्या समाधानको लागि ९४ जना नेपाली कामदारहरूले निवेदन दिएका थिए ।

उल्लिखित कामदारहरूमध्ये हालसम्म २९ जना र उक्त कम्पनीको अन्य आयोजनाहरूमा कार्यरत ३२ जना गरी जम्मा ६१ जना नेपाली कामदारहरूलार्इ स्वदेश फिर्ता पठार्इसकिएको छ । सो कम्पनीमा समस्यामा रहेका अन्य कामदारहरूको समस्या समाधान एवं स्वेदश फिर्तीका लागि राजदूतावासको प्रयास जारी रहेको दुतावासले जानकारी दिएको छ  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै