• २०८१ बैशाख १३ बिहीबार

सौगात विष्टको ‘हैरान’ जेठमा रिलिज हुने 

kharibot

फाइल तस्बिर

काठमाडौँ । डेब्यु फिल्म ‘लभ यु बाबा’ लाई सानो उमेरमा निर्देशन गरेर विश्कै कान्छा निर्देशक बनेका सौगात विष्टको निर्देशनमा तयार भएको दोस्रो फिल्म ‘हैरान’ आउदो वर्ष २०७५ को जेष्ठ ४ मा रिलिज हुने भएको छ ।

राजधानीका लागि माधव वाग्ले र मोफसलका लागि मनोज राठीसंग फिल्म वितरणको सम्झौता भएको कार्यकारी निर्माता सम्झना पोखरेलले बताएकी छिन । 

कमेडी जनरामा तयार पारिएको फिल्ममा सत्य राज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, सागर लम्साल, आरोही शर्मा लगायतको अभिनय रहेको छ । 

डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई.एल. लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन । 

फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कडेल, राजन इशान र सन्तोष श्रेष्ठ रहेको छ । 

फिल्ममा नवराज उप्रेती र निरज कडेलको छायाँकन, अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै