• २०८१ बैशाख १४ शुक्रबार

अफगानिस्तानलाई हराउदै अस्ट्रेलिया अन्डर-१९ विश्वकपको फाइनलमा 

kharibot

काठमाडौँ । अस्ट्रेलिया अन्डर १९ विश्वकपको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियाले अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

अफगानिस्तानले दिएको १८१ रन को लक्ष्यलाई अस्ट्रेलियाले ३७.३ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो । अस्ट्रेलियालाई फाइनलमा पुर्याउने क्रममा ज्याक इडवर्ड्सले सर्वाधिक ७२ रनको पारी खेलेका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तान ४८ ओभरमा पुरै विकेट गुमाउदै १८१ रन बनाएको थियो । अफगानिस्तानका लागि इकरम अलि खिलले सर्वाधिक ८० रन बनाए भने रह्मनुल्लाह गुर्बाजले २० रन बनाएका थिए । अफगानिस्तानलाई सस्तोमा आउट गर्ने क्रममा अस्ट्रेलियाका बलर जोनाथन मेर्लोले ४ र ज्याक इभानले २ विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच अस्ट्रेलि का ज्याक एडवार्ड्स बनेका थिए । क्वाटरफाइनलमा न्युजील्याण्डलाई उसकै भुमिमा पराजित गरेर सनसनी मच्चाएको अफगानिस्तान अब तेस्रो स्थानका लागि प्ले अफ खेल खेल्ने छ ।

अस्ट्रेलियाले भारत र पाकिस्तानबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्ने छ ।  भारत र पाकिस्तानबीच दोस्रो सेमिफाइनल मंग्लाब्र हुदै छ ।
प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुदै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै