• २०८१ बैशाख ६ बिहीबार

अमेरिकी राष्ट्रपतिलाई मिडियाभन्दा सोसल मिडिया प्यारो !

kharibot

लण्डन । वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो रोचक बानीबारे खुलासा गरेका छन् । उनले कैयौँ पटक आफ्नो ओछ्यानबाटै ट्विटर चलाउने गरेको उल्लेख गरेका छन् । उनका अनुसार नयाँ योजनाको घोषणा, प्रतिद्वन्द्वीविरुद्ध शब्दाक्रमण तथा उत्तर कोरियासहितका देशहरुलाई प्रतिक्रिया दिन समेत ट्रम्पको महत्वपूर्ण हतियार हो ट्विटर । 

सोमबार बिहानसम्म उनको एकाउन्ट @realDonaldTrump का ४ करोड ७२ लाखभन्दा धेरै अनुयायी (फलोअर्स)हरु रहेका थिए । ब्रिटेनको आईटीभी च्यानललाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफ्नो ट्विटर पोष्टको खुलेर प्रशंसा समेत गरेका छन् । उनले झूटो समाचारले वाक्क बनाएको अहिलेको जमानामा सामाजिक सञ्जालद्वारा आफ्ना समर्थकसँग निकटमा रहन सफल भएको समेत उल्लेख गरेका छन् । 

ट्रम्पले अन्तर्वार्तामा भनेका छन्, यदि मसँग संवादको यो तरिका थिएन भने आफूले आफैँलाई बचाउन मुस्किल हुनसक्थ्यो । मसामु धेरै नभएका, झूटा खबर आउँछन् । यतिमात्र नभएर ट्रम्पले यसलाई अचम्मको स्थिति भनेका छन् । विश्वमा ट्रम्पले के ट्विट गर्छन् भनेर पर्खिनेको संख्या निकै छ ।

त्यसो त ट्रम्प आफैँ ट्विट गर्छन् । सुतेरै पनि ट्विट गर्छन् भने खाना खाँदाखाँदै पनि ट्विट गरिदिन्छन् । ७१ वर्षको वृद्धावस्थामा समेत ट्रम्प बर्गर खान्छन्, कोक पिउँछन् । उनी आफू सधैँ राम्रो खाना खाने गरेको बताउँछन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै