अमेरिकी राष्ट्रपतिलाई मिडियाभन्दा सोसल मिडिया प्यारो !

खरीबोट

लण्डन । वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो रोचक बानीबारे खुलासा गरेका छन् । उनले कैयौँ पटक आफ्नो ओछ्यानबाटै ट्विटर चलाउने गरेको उल्लेख गरेका छन् । उनका अनुसार नयाँ योजनाको घोषणा, प्रतिद्वन्द्वीविरुद्ध शब्दाक्रमण तथा उत्तर कोरियासहितका देशहरुलाई प्रतिक्रिया दिन समेत ट्रम्पको महत्वपूर्ण हतियार हो ट्विटर । 

सोमबार बिहानसम्म उनको एकाउन्ट @realDonaldTrump का ४ करोड ७२ लाखभन्दा धेरै अनुयायी (फलोअर्स)हरु रहेका थिए । ब्रिटेनको आईटीभी च्यानललाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफ्नो ट्विटर पोष्टको खुलेर प्रशंसा समेत गरेका छन् । उनले झूटो समाचारले वाक्क बनाएको अहिलेको जमानामा सामाजिक सञ्जालद्वारा आफ्ना समर्थकसँग निकटमा रहन सफल भएको समेत उल्लेख गरेका छन् । 

ट्रम्पले अन्तर्वार्तामा भनेका छन्, यदि मसँग संवादको यो तरिका थिएन भने आफूले आफैँलाई बचाउन मुस्किल हुनसक्थ्यो । मसामु धेरै नभएका, झूटा खबर आउँछन् । यतिमात्र नभएर ट्रम्पले यसलाई अचम्मको स्थिति भनेका छन् । विश्वमा ट्रम्पले के ट्विट गर्छन् भनेर पर्खिनेको संख्या निकै छ ।

त्यसो त ट्रम्प आफैँ ट्विट गर्छन् । सुतेरै पनि ट्विट गर्छन् भने खाना खाँदाखाँदै पनि ट्विट गरिदिन्छन् । ७१ वर्षको वृद्धावस्थामा समेत ट्रम्प बर्गर खान्छन्, कोक पिउँछन् । उनी आफू सधैँ राम्रो खाना खाने गरेको बताउँछन् ।  

सम्बन्धित समाचार

डोनाल्ड ट्रम्पलाई भगवान् मानेर पूजा ! तस्बिरमा दूधको अभिषेक पनि !  

हैदरावाद (भारत) । एक भारतीयले वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पूजा गर्ने गरेको समाचार बाहिर आएको छ । उनले आफ्नो पूजाघरमा ट्रम्पको तस्बिर नै राखेर पूजा गर्ने गरेका छन् । हरेक बिहान

निर्वाचनमा रूसी हस्तक्षेपबारे क्षमा याचना गर्ने ‘सम्पूर्ण अधिकार’ म सँग छ - डोनाल्ड ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको सम्भावित रूसी हस्तक्षेपबारे क्षमा याचना गर्ने ‘सम्पूर्ण अधिकार’ आफूमा निहित रहेको भए पनि गल्ती नै नगरेको व्यक्तिले माफी माग्नु

ट्रम्प सञ्चारकर्मीको भोजमा सहभागी नबन्ने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष पनि सञ्चारकर्मीको आयोजनामा गरिने भोज कार्यक्रममा सहभागिता नजनाउने निर्णय गरेको आयोजकले जनाएको छ ।  हामीलाई राष्ट्रपति ट्रम्पद्वारा ह्वाइट हाउसका सञ्चारकर्मीको संगठनद्वारा आयोजनामा यही

मेक्सिकोसँगको सीमाक्षेत्रमा अमेरिकाले सैनिक खटाउने

वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा सैनिक खटाउने बताएका छन् ।  आफ्नो प्रतिबद्धताअनुसार अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल नलगाउदा सम्मका लागि सैनिक खटाउन लागिएको राष्ट्रपति ट्रम्पले मंगलबार