• २०८१ बैशाख ६ बिहीबार

निधिको स्वास्थ्य अवस्था बुझ्न ओम अस्पताल पुगे प्रधानमन्त्री देउवा

kharibot

बुधबार चावहिलस्थित ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर :, रासस

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

आज बिहान चावहिलस्थित ओम अस्पतालमा पुगेर उहाँले त्यहाँ उपचाररत नेता निधिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

सोमबार राति अचानक पेट दुखेपछि नेता निधि चावहिलस्थित ओम अस्पतालमा भर्ना भएका थिए । नेता निधिलाई ग्यासट्राइटिस सिभियरको समस्या देखिएको उपचारमा संलग्न डा राहुल पाठकले जानकारी दिए ।

नेता निधिको आज बिहान सफलतापूर्वक इण्डोस्कोपी गरिएको पत्रकार रामजी दाहालले जानकारी दिए । चिकित्सकले नेता निधिलाई केही दिन आराम गर्न सल्लाह दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै