• २०८१ बैशाख ८ शनिबार

सञ्चारमाध्यमले उचालेको भरमा भारतले सीमा मिच्यो भन्नु गलत : राजेन्द्र महतो

kharibot

भक्तपुर । राजपा नेपाल अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महत्तोले नेपाल भारतबीच अहिले सीमा विवाद नभएको बताएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष महतोले नेपाली सञ्चारमाध्यमले उचालेको भरमा नेपाली सीमा भारतले मिचेको भन्न नमिल्ने बताए । यदि सीमा सम्बन्धित विवाद भए दुई देशका सरकारबीच कूटनीतिक सहमति र छलफलका माध्यमबाट मिलाउन सकिनेमा उनले जोड दिए । 

कार्यक्रममा बोल्दै उनले वाम गठनबन्धनसँग सरकार गठनका विषयमा सहमति हुन नसक्ने बताए । एमालेले संविधान संशोधनका विषयमा सकारात्मक धारण सार्वजनिक नगरी संविधान संशोधनमा बाधा पु¥याएको अवस्थामा राजपा एमालेविरुद्ध फेरि आन्दोलनमा उत्रिने उनले चेतावनी समेत दिए । 

‘एमाले हिजो पनि संविधान संशोधनका विपक्षमा रहेको थियो, आज पनि छ’, उनले भने, ‘यदि संविधान संशोधन नभएर हामी जुनसुकै खालको कदम चाल्न बाध्य हुनेछौँ ।’ अध्यक्ष महतोले दुई नंम्बर प्रदेशमा जनताले राजपा र फोरम लोकतान्त्रीक पार्टीलाई सरकार बनाउने म्याण्डेट दिएकोले यहाँ दुई पार्टीको सहमतिमा सरकार निर्माण हुने बताए  ।  

नेपालका नेताहरुले खोक्रो राष्ट्रवादका हिसाबले भारतलाई गाली मात्रै गर्ने होईन दुई देश बीचको आपसी सम्बन्धलाई पनि सुर्धार गर्न सक्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष महतोले भारतीय दुतावासमा अन्य राजनीतिक दलका नेताहरु पटक–पटक पुग्दा कुनै विषय नउठे पनि हामी पुग्दा भारतवादी आरोप लगाउने काम गलत भएको टिप्पणी गरे । 

अहिलेसम्म सरकारमा पुगेका आफूलाई ठूला भन्ने दलहरुले देश र जनताका विषयमा केही गर्न नसकेको उनले आरोप लगाए । नेपालमा छिमेकी देशसँगको सम्बन्धबारे दल र व्यक्ति पिच्छे नीति होईन राष्ट्रिय नीति निर्माण हुनुपर्ने उनको भनाइ छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै