• २०८१ बैशाख ७ शुक्रबार

बार्सिलोनाको जितमा मेसीको निर्णायक गोल, स्वरेजले गरे लगातार ८ खेलमा गोल 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाले डिपोर्टिभो आल्भेजलाई २-१ गोल अन्तरले पराजित गरेको छ । 

गएराती भएको खेलमा लियोनेल मेसीले निर्णायक गोल गर्दै बार्सिलोनालाई जिताएका छन् ।  १-१ गोलको बराबरी रहेको अवस्थामा मेसीले खेलको ८३औ मिनेटमा फ्री-किकबाट गोल गर्दै जित दिलाएका थिए । 

यस अघि आल्भेजले खेलको २३औ मिनेटमा गाइडेट्टीको गोलमा सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा १-० ले अगाडी रहेको आल्भेजसँग खेलको ७२औ मिनेटमा बार्सिलोनाका लुइस स्वरेजले गोल गर्दै १-१ गोलको बराबरी गरेका थिए । स्वरेजले ला लिगामा लगातर ८औ खेलमा गोल गरेका छन् ।

यस खेलमा फिलिप कोन्टिन्होले बार्सिलोनाका लागि पुरा डेभ्यु गरेका थिए । खेलको पहिलो हाफमा उनले गोल गर्ने अवसर पाएपनि गोल गर्न भने असफल भएका थिए । बार्सिलोनाका लागि कोन्टिन्होको यो दोस्रो खेल हो र उनले डेभ्यु गोल गर्न सकेका छैनन् ।

त्यस्तै बार्सिलोनाले ला लिगामा यो जितसँगै सन् २००९/१० को लगातार २१ खेलमा अपराजित रेकर्डलाई बराबरी गरेको छ । म्यानेजर पेप गार्डीयालाको अन्डरमा बार्सिलोनाले लगातार २१ खेलमा १७ जित र ४ बराबरी गरेको थियो भने यस सिजनमा १८ जित र ३ बराबरी गर्दै सो रेकर्डको बराबरी गरेको छ । त्यस्तै मेसीले ला लिगामा २००३-४ देखि फ्री-किक मार्फत २१ गोल गरेका छन् । रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोले २० गोल गरेका छन् ।

यो जितसँगै बार्सिलोनाले ला लिगामा ११ अंकको स्पष्ट अग्रता हासिल गरेको छ । बार्सिलोनाको २१ खेलमा ५७ अंक रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै