काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली डेयरडेभिल्सले नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेलाई किनेपछि पहिलो प्रतिक्रिया दिएका छन् ।
सन्दीपले दिल्लीले आफुलाई लिएकोमा धेरै खुशी भएको भन्दै आफ्नो यात्रा अब सुरु भएको बताएका छन् । सन्दीपले सम्पूर्ण फ्यानहरुलाई पनि समर्थनका लागि धन्यवाद दिएका छन् ।
त्यस्तै सन्दीपका समर्थक अस्ट्रेलियन पुर्वकप्तान माइकल क्लार्कले पनि सन्दीपलाई ‘लिटिल च्याम्पियन’ भन्दै नेपाली जनतालाई सन्दीपमाथि गर्व गर्न भनेका छन् ।
क्लार्कले सन्दीप ‘लिटिल च्याम्पियन’ भएको भन्दै उनले आफ्नो देश नेपाललाई गर्व गर्न लायक बनाउने बताए । क्लार्कले सन्दीपको यात्रामा समर्थन गर्न र रमाउन आग्रह गरेका छन् ।