• २०८१ बैशाख ८ शनिबार

फोरमको नेतृत्वमा प्रदेश सरकार : अध्यक्ष यादव

kharibot

फाइल तस्बिर

काठमाडौँ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश नं २ मा फोरमको नेतृत्वमा प्रदेश सरकार गठन हुने बताएका छन् । 

रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले यो प्रदेशमा साधनस्रोत शून्य अवस्थामा रहेको, यहाँका मानिस पिछडिएको तथा सिंहदरबारले उपेक्षाभावले हेरेकाले यहाँका जनतामा गरिबी, बेरोजगारीजस्ता समस्या समाधान गर्न सरकारसमक्ष चुनौती रहेको बताएका छन् । 

अर्को प्रसंगमा अध्यक्ष यादवले संविधानमा धेरै त्रुटि रहेकाले संविधान संशोधन नगरी राष्ट्रिय मुद्दा हल नहुने बताए । 

संविधान संशोधनको विषयमा जिम्मेवारीपूर्वक एमालेले भूमिका निर्वाह गरेमा आफूहरुको सहयोग हुने बताउँदै उनले वाम गठबन्धनको बहुमत भएकाले हामीलाई सरकारमा किन ल्याउनुपर्यो भनी प्रतिप्रश्न गरेका हुन् । तर उनले सरकारले सहयोग चाहेको भए सहयोग गर्न तयार रहेको पनि बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै