• २०८१ बैशाख ११ मंगलबार

ग्लोबल आइएमई बैंकद्धारा वित्तिय साक्षरता कार्यक्रमको आयोजना

kharibot

काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्नो ११औँ वार्षिकोत्सवको अवसरमा वित्तिय साक्षरता जगाउने उद्धेश्यले बाग्लुङ्ग जिल्लाको बुर्तिबाङ्गमा “वित्तिय साक्षरता कार्यक्रम” संचालन गरेको छ । 

बाग्लुङ्ग जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ०१, बुर्तिबाङको बुद्ध सिनेमा हलमा सम्पन्न उक्त कार्यक्रममा ग्लोबल आइएमई बैंकका “तालिम तथा बैंक बिज्ञ” पुर्णमान नापितले बुर्तिबाङ क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीय बासीहरुलाई बैंक तथा वित्तियको बारेमा जानकारी गराएका थिए  ।  
उक्त कार्यक्रममा १०० जना भन्दा बढीको उपस्थिति थियो । उक्त कार्यक्रमका सहभागीहरुले ग्लोबल आइएमई बैंक लि. ले आयोजना गरेको वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेर बैंक तथा वित्तिय संस्थाको आवश्यकता र औचित्यको बारेमा जानकारी प्रदान गरेकोमा बैंक प्रति आभार व्यक्त गरेका थिए । साथै उनिहरुले ग्लोबल आइएमई बैंक लि. ले प्रदान गर्ने विभिन्न सेवाहरुको बारेमा प्रश्न गरेका थिए । 
 
साथै ग्लोबल आइएमई बैंकले शनिबार देखि नै बाग्लुङ्ग जिल्लाको निसीेखोला गाउँपालिका २, जुग्गाखोलामा आफ्नो ६५औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय अनिल कुँवरलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । 

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि दुवै क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ११३ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ६५ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।  त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै