• २०८१ बैशाख ७ शुक्रबार

सन्दीपको आइपिएल उडान र क्लार्कको खुशी

kharibot

काठमाडौँ । एसोसिएट क्रिकेटको स्पिन बलर सन्दीप लामिछाने भारतीय क्रिकेट प्रिमियर लिगमा छानिने पहिलो नेपाली खेलाडी बनेका छन् । उनलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा किनेको हो । सन्दीपको आइपिएल यात्राले नेपाली क्रिकेटको एउटा ढोकालाई खोलेको छ । 

यसकारण अर्थपूर्ण छ उनको छनोट 

राष्ट्रिय टोलीमा खेलिरहेका भए पनि एसोसियट्स देशबाट आइपिएलमा ठाउ पाउने धेरै कम भाग्यमानी खेलाडीको सुचिमा सन्दीप परेका छन् । हाल नामिबियामा हुने विश्व क्रिकेट लिग डिभिजन २ को तयारीका क्रममा छन् । लामिछाने यी सबैका बाबजुद विश्वकै उत्कृष्ट क्रिकेट लिगमा खेल्नका लागि छनोट हुनुले यहाँ उच्च प्रतिभावान खेलाडीको पृष्ठभूमि होइन, प्रतिभा नै हेरिन्छ भन्ने पुष्टि गरेको छ । 

सीपीएल र बिग ब्यास फ्रेन्चाइजमा निरन्तरता र आईपीएलमै रसिद खान, महम्मद नाबी जस्ता एसोसिएट देशका खेलाडीले खेल्न पाउनु उक्त देशहरुले पाएको सम्मान हो । यद्यपि अफगानिस्तानले टेस्ट मान्यता पाइसकेको र टेस्टमा भारतविरुद्ध डेभ्यु गर्दै छ ।

देशमा क्रिकेट संघको विवाद र भद्रगोलका बीच सन्दीपको आइपिएल छनौटले धेरै अर्थ राख्नेका कुनै शंका छैन । गत बर्षको आइपिएलमा राशिद र नाबीको सफलताले आईपीएलमा यस बर्ष अफगानिस्तानका मुजीब जार्डन र जहिर खानलाई तानेको हुनसक्छ । उनीहरु दुवै नयाँ अनुहार आईपीएल टिममा छनौट हुनपुगेजस्तै सन्दीपको सफलताले पनि अन्य नेपाली खेलाडीलाई आईपीएलमा निम्त्याउने सम्भावना बलियो छ । 

एशोसियट्स टिमका उत्कृष्ट ब्याट्सम्यान नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल सन्दीपको सफलताको आधारमा अर्कोपटक आइपिएल अवसर दिनसक्छ । 

एशोसियटस देशका खेलाडीलाई टिममा छनौट हुदैमा खेल्न पाउनेमा कुनै सुनिस्चितता भने छैन । अघिल्लो वर्ष गुजरात लायन्सले यूएईका टिनएज्ड ब्याट्सम्यान चिराग सुरीलाई लामिछानेजस्तै आश्चर्यजनक रुपमा टिममा भित्र्याएको थियो तर उनले मैदानमा खेल्नै पाएनन् । 

सन्दीपका बलियो पक्ष 

१७ वर्षको कलिलो उमेर हुनुका बाबजुद सन्दीप धेरै अनुभवी भइसकेका छन् भने बलियो क्रिकेट संस्कृतिमा हुर्किएका छन् । काठमाडौंमा हुने क्रिकेट प्रतियोगितामा हजारौ हजार दर्शकको अगाडि सन्दीप खेल्दै आएका छन्, जुन निकै सबल पक्ष हो । 

उच्च प्रोफाइलका खेलाडीहरुको बीचमा सन्दीपले  हङकङ को टि२० ब्लिट्जमा कोलुन टोलीमा रहेर शाहिद अफ्रिदी र माइकल क्लार्क जस्ता क्रिकेट हस्तीसँग खेलेका छन् । 

२०१६ मा भएको वर्षाले प्रभावित उक्त प्रतियोगितामा मात्रै ३ ओभर मात्र बलिङ गरे पनि सन्दीपको बलिङले माइकल क्लार्कको ध्यान तान्न सफल भएको थियो । पछि क्लार्कले अष्ट्रेलियाको सिड्नी ग्रेड कम्पिटिसनमा वेष्टर्न सबर्ब्स क्लबमा तालिम दिएका र क्रिकेट खेलाएका थिए । 

क्लार्कसँगको सोही सन्निकटताले नै हुनसक्छ सन्दीपलाई दिल्ली डेयरडेभिल्सले उनलाई किनेको छ । 

सन्दीपको क्रिकेट सफलता 

लामिछानेले विश्व क्रिकेट लिग च्याम्पियनको दौडान नेपालका लागि नौ खेलमा १२ विकेट लिएका थिए । उनले गत महिनामा मात्रै सम्पन्न भएको एभरेष्ट प्रिमियर लिग, फ्रेन्चाइज टि२० प्रतियोगितामा ७ खेलमा ९ विकेट लिएका थिए । 

सन्दीपको करिअरका महत्वपूर्ण पक्ष 

सन्दीपले सन् २०१६ मा पहिलोपटक १९ वर्षमुनिको विश्वकप क्रिकेटमा आयरल्यान्डविरुद्ध २७ रन दिएर ५ विकेट लिएका थिए । सो क्रममा ह्याट्रिक विकेट लिएपछि यसले नै विश्वको ध्यान तानेको थियो । 

त्यस्तै नकआउट चरणमा पाकिस्तानका शबाब खानको विकेटसहित तीन विकेट लिन सफल भएका थिए । उक्त प्रतियोगितामा ६ खेलमा सन्दीपले १४ विकेट लिएका थिए, जुन प्रतियोगिताको दोस्रो धेरै विकेट थियो । त्यसको तीन महिनापछि सन्दीपले हङकङमा केलून कान्टोन्सको टिमबाट हङकङ ब्लिट्ज खेलेका थिए । त्यहाँ नै क्लार्कसँग महत्वपूर्ण चिनजान भएको थियो, जसले सन्दीपलाई आईपीएलसम्म डोर्याउन सफल भएको छ । 

र क्लार्कको खुशी 

सन्दीपलाई दिल्लीले आफ्नो टिममा लिएपछि क्लार्कले पहिलो प्रतिक्रिया दिदै खुशी व्यक्त गरेका छन् । उनले भनेका छन् यो सन्दीपको लागि निकै राम्रो खबर हो । क्लार्क जस्ता विश्वका उत्कृष्ट खेलाडी सन्दीपका फ्यान हुन् सन्दिप र नेपाली क्रिकेटको लागि ठुलो कुरा हो । क्लार्कले सन्दीपलाई समर्थन र सहयोग गरेर नेपाली क्रिकेटलाई ठुलो गुन लगाएका छन् । क्लार्कले सन्दीपप्रति देखाएको सदासयताले उनको क्यारियर र नेपाली क्रिकेटमा ठुलो अर्थ राख्दछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै